• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोरोनाको दोस्रो डोज खोप एस्ट्राजेनेका : प्रभावकारी हुनेमा ढुक्क देखिएनन् ज्येष्ठ नागरिक

64x64
धनु विश्वकर्मा सोमबार, साउन २५, २०७८  २०:०२
1140x725
खोपका लागि थापाथलीस्थित प्रसूति गृहअगाडि लाइनमा बसेका ज्येष्ठ नागरिक।

काठमाडाैं- आइतबार एकाएक समाचार आयो, ‘कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएर दोस्रो डोज नपाएकालाई सोमबारबाट एस्ट्राजेनेका दिइने।’ त्यही समाचार पढेपछि बानेश्वरका ६६ वर्षीय बाबुकृष्ण सुवेदी सोमबार बिहानै सिभिल अस्पताल पुगे।

बिहान १० बजेदेखि मात्र खोप लगाउन सुरु गरिने भए पनि उनी ८ बजे नै लाइनमा उभिइसकेका थिए। लामो लाइनमा उभिँदा पनि सुवेदी खुसी नै थिए। किनभने, उनलाई अब दोस्रो डोज लगाउन नपाइने चिन्ता लागेको थियो। त्यो चिन्ता हटेको छ।

सुवेदीले पहिलो डोज २४ फागुन २०७७ मा सिभिल अस्पतालमै लगाएका थिए। भारतले पठाएको कोभिशिल्ड लगाएपछि उनी त्यसको २८ दिनमा दोस्रो डोज खोप लगाउने प्रतीक्षामा थिए। तर, त्यसपछि भारतले खोप निर्यातमा रोक लगायो। 

खोपका लागि सिभिल अस्पतालअगाडि लाइनमा ज्येष्ठ नागरिक।

यो बीचमा कोरोनाको दोस्रो लहर सुरु भयो। त्यो साम्य हुन नपाउँदै सरकारले तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ। त्यही कारण उनीजस्ता पहिलो डोज मात्र पाएका ज्येष्ठ नागरिकलाई चिन्ता थपेको थियो।

पहिला कोभिशिल्ड लगाएकाले अन्य खोप लगाउन नहुने भनिएपछि सुवेदी अन्योलमा थिए। उनले भने, ‘सरकारीको लापरबाहीले अब दोस्रो डोज खोप लगाउनै पाइँदैन कि भन्ने डर थियो।’

शान्तिनगरकी ६७ वर्षीया चित्रकुमारी विष्ट कोरोनाविरुद्धको खोपको लागि लाइन लाग्न बिहानै सिभिल अस्पताल पुगेकी थिइन्। उनले पनि पहिलो डोज खोप गएको फागुनमै लगाएकी हुन्। पाँच महिनापछि दोस्रो डोज खोप लगाउँदा त्यसको प्रभाव हुनेमा उनी ढुक्क छैनन्।

‘पहिलो डोज लगाएको २८ दिनमा दोस्रो डोज लगाउनुपर्छ भन्थे। अब पाँच महिनापछि लगाउँदा काम नगर्ने पो हो कि!’ उनले भनिन्। तर, दोस्रो डोज पाउँदा भने केही ढुक्क लागेको उनको भनाइ छ। ‘मलाई त हाम्रो लागि अब खोप आउँदैन भन्ने लागेको थियो,’ उनले भनिन्, ‘हाम्रो देशमा उत्पादन हुने होइन। अरु देशसँग भर पर्दा हामी झन्डै दोस्रो डोजबाट बन्चित भयौँ।’

सरकारले गएको फागुन र चैतमा कोभिशिल्डको पहिलो डोज लगाएर बसेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई एष्ट्रेजेनेका खोप दिने निर्णय गरेको थियो। कोभिशिल्ड लगाएर बसेका करिब १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोज खोपको प्रतीक्षामा थिए। उनीहरुका लागि जापानले करिब १६ लाख डोज एस्ट्राजेनेका खोप दिएको छ। भुटानले पनि तीन लाख डोज एस्ट्राजेनेका दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बेलायतमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेर कोभिशिल्ड नाम राखेको हो। जापान र भुटानबाट आएको खोप पनि एस्ट्राजेनकाको नै भएकाले यसलाई दोस्रो डोजको रुपमा प्रयोग गरिएको हो। पहिलो खोप लगाएको ढिलोमा पनि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने थियो। तर, भारतले थप खोप नदिँदा अन्योल भएको थियो।

दोस्रो डोज खोप लगाउन थापाथलीस्थित प्रसूति गृह पुगेका सीताराम शाह अझै ढुक्क छैनन्। उनी पनि बिहान ८ बजे नै खोपको लाइनमा बसिसकेका छन्। ‘दिउँसो भिड बढ्छ। घाम लागे गर्मी हुन्छ, पानी परे पनि लाइनमा समस्या हुन्छ। त्यसैले बिहानै आएँ,’ उनले भने।

उनले पहिलो चरणको खोप २६ फागुनमा प्रसूति गृहमा नै लगाएका थिए। दोस्रो डोज तीन महिनाभित्र लगाउन भनिएको थियो। ‘तेस्रो लहरको हल्ला चल्न थालिसक्दा पनि खोप नपाउँदा हामी निराश भइसकेका थियौँ,’ उनले भने।

उनलाई राज्यकै कमजोरीका कारण आफूहरुले खोप नपाएको लागेको छ। ‘धेरै देशमा खोप लगाएर माक्स नलगाई हिँड्ने वातावरण बनिसकेको छ। तर, हाम्रो देशमा खोप पाउनै मुस्किल छ,’ उनले असन्तुष्टि पोखे। पहिलो र दोस्रो डोज खोप फरक कम्पनीको हुँदा प्रभावकारिता हुनेमा उनले पनि शंका व्यक्त गरे।

 थापाथलीस्थित प्रसूति गृहअगाडि लाइनमा ज्येष्ठ नागरिक।

सुनिता श्रेष्ठ पनि प्रसूति गृहअगाडि खोपको लाइनमा छिन्। उनी कुपण्डोलदेखि आएकी हुन्। गएको फागुनमा पहिलो डोज लगाएपछि उनलाई पनि तीन महिनाभित्र दोस्रो डोज खोप लगाउनुपर्ने भनिएको थियो। ‘पहिलो डोज जुन लगाएको हो दोस्रो पनि त्यही लगाउनुपर्छ भन्ने थाहा पाएपछि नलगाइ बसेकी थिएँ, तर दोस्रो डोज लगाउन यति लामो समय कुर्नुपर्‍यो। काम गर्छ कि गर्दैन शंका लागेको छ,’ उनले भनिन्।

थापाथलीमा नै कृष्ण मुल पनि दोस्रो चरणको खोप लगाउन लाइनमा छन्। लामो समयपछि खोप लगाउँदा उनलाई पनि प्रभावकारिता नहुने हो कि भन्ने आशंका छ। कोरोना बढिरहँदा ज्येष्ठ नागरिकका लागि समयमै खोप नआउनु सरकारकै कमजोरी भएको उनले बताए। ‘स्वास्थ्य जस्तो गम्भीर विषयमा सरकारले लापरबाही गरेको छ। राज्य आफ्ना नागरिकप्रति जिम्मेवार भएन,’ उनले आक्रोश पोखे। 

पहिलो डोज कोभिशिल्ड लगाएकालाई दोस्रो डोज एस्ट्राजेनेका लगाउन सरकारले काठमाडौँमा १४४ वटा केन्द्र तोकेको छ। ज्येष्ठ नागरिकलाई दिएर बाँकी रहेको खोप दीर्घरोगी, वैदेशिक रोजगारीमा जाने, अध्ययन र अन्य प्रयोजनाका लागि विदेश जानेलाई लगाउने सरकारले निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले मिर्गौलाको डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गराइरहेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सरका बिरामीलाई यो खोप दिनेको प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्