• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

एउटा डाक्टरको भोगाई : डाक्टर बन्न र बनाउन मरिहत्ते नगरौं

डा.बुद्धिनाथ साह ‘सन्जीत’ शुक्रबार, साउन २९, २०७८  ०८:३१
1140x725

यो लेखको उद्देश्य डाक्टर बन्न हतोत्साही गर्ने होइन। तर, पढ्नुअघि वा डाक्टर बनेर हतोत्साही हुनुअघि आवश्यक जानकारी हो। 

चिकित्सा शिक्षा आयोगद्वारा संचालित मेडिकल प्रवेश एकीकृत परीक्षाको हालै प्रकाशित परिणामअनुसार लगभग चार हजार ३०० जना एमबीबीएस र एक हजार ८०० जना बीडीएस पढ्न योग्य भएका छन्। यो तथ्यांकबाट हामीले सजिलै बुझ्नसक्छौँ कि विद्यार्थीहरु डाक्टर बन्ने कठिन प्रतिश्पर्धामा छन्। अभिभावक पनि आफ्ना सन्तानलाई डाक्टर नै बनाउने होडबाजीमा छन्। 

तर, डाक्टर बन्न थोरैले मात्र छात्रवृत्ति पाउँछन्। धेरैले त पैसा खर्च गरेरै पढ्नुपर्छ। थोरै लगानीमा पढाइ पूरा हुँदैन। एक जनाको लागि कम्तीमा ५० लाख रुपैयाँ खर्च गर्नुपर्छ। त्यसपछि फेरि विशेषज्ञता हासिल गर्न एमडी पढ्नुपर्‍यो। एमडी पढ्न छात्रवृत्ति कोटा सीमित मात्र हुन्छ। छात्रवृत्ति नपाए कम्तीमा २५ लाख रुपैयाँ खर्च गर्नुपर्छ।

एमबीबीएसमा छात्रवृत्ति पाएकाहरुबाट पनि हुँदै नभएका अनेक शीर्षकमा मेडिकल कलेजहरुले पैसा असुल्छन्। त्यस्तो अनधिकृत पैसा नदिए परीक्षामा सामेल हुन दिइँदैन। यस्ता समाचार बेलाबेला सार्वजनिक भएकै छन्। 

मेडिकल कलेज व्यवसायप्रति आकर्षित हुनेको सूचीले नै यसका बेथितिको जानकारी दिन्छ। यसमा व्यापारी, राजनीतिकर्मीदेखि माफियाहरुको लगानी छ। तिनीहरुको ध्यान विद्यार्थीको पढाइमा हुँदैन। देशका लागि दक्ष डाक्टर उत्पादन उनीहरुको प्राथमिकता हुँदै होइन। न त बिरामीलाई सस्तोमा गुणस्तरीय उपचार दिनु नै उनीहरुको उद्देश्य हो। ती नाफामुखी मात्र हुँदा त्यसको मारमा विद्यार्थी र अभिभावकमा पर्ने गरेको छ। 

यही कारण पीडित विद्यार्थीहरु बेलाबेला मेडिकल कलेज संचालकविरुद्ध आन्दोलनमा उत्रिने गरेका छन्। डा.गोविन्द केसी जस्ता अभियन्ताहरुले आन्दोलन गर्नुपरेको छ। तर, अझै चिकित्सा क्षेत्र सुध्रिएको छैन र सुध्रिने छाँट पनि देखिएको छैन।

आफ्ना सन्तानलाई डाक्टर बनाउन चाहने कतिपय अभिभावकले त्यसका लागि गर्नुपर्ने खर्च र त्यहाँको बेथितिबारे विचार गरेकै हुँदैनन्। कतिपय परिवारसँग यो सबै खर्च गर्नसक्ने आर्थिक क्षमता हुँदैन। घर–घडेरी नै बेचेर वा चर्को व्याजमा ऋण खोजेर छोराछोरीलाई डाक्टर बनाउनु कति बुद्धिमता होला? के डाक्टर हुनु मात्र जिन्दगीको सफलता हो? यतातिर कमैले मात्र सोच्ने गरेका छन्।

अझ एमबीबीएस पढ्ने विद्यार्थीले बेहोर्नुपर्ने तनावबारे कोही अभिभावकले सोचेकै हुँदैन। पढाइ र पैसाको तनावमा विद्यार्थीको जवानी बित्छ। त्यसरी डाक्टर बनेपछि पाइने सरकारी जागिरबाट कति तलब हुन्छ? त्यतातिर सोच्ने झनै कम छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले दिने तलब अपर्याप्त हुन्छ भने निजी अस्पतालले नयाँ चिकित्सकको श्रम शोषण गरिरहेका छन्। निजी अस्पतालको व्यवहारले ठूलो धनराशी खर्च गरेर तथा मिहिनेतपूर्वक डाक्टर बनेकाहरुलाई निराशा र तनाव मात्र दिन्छ। 

नेपालको परिवेशमा अहिले चिकित्सक बनेर सन्तुष्ट, खुसी र सन्तुलित जीवन बिताउने सोच्नु मृगतृष्णा बराबर हो। आफ्ना सन्तानलाई एमबीबीएस पढ्न पठाउँदै हुनुहुन्छ भने तपाईं ‘आधुनिक वनबास’का लागि बिदा गर्दै हुनुहुन्छ।

नेपालको परिवेशमा अहिले चिकित्सक बनेर सन्तुष्ट, खुसी र सन्तुलित जीवन बिताउने सोच्नु मृगतृष्णा बराबर हो। आफ्ना सन्तानलाई एमबीबीएस पढ्न पठाउँदै हुनुहुन्छ भने तपाईं ‘आधुनिक वनबास’का लागि बिदा गर्दै हुनुहुन्छ।

‘आधुनिक वनबास’ शब्द प्रयोग कतिपय अभिभावकलाई मन नपर्न सक्छ, चित्त दुख्न सक्छ। तर, वास्तविकता बुझ्नुभयो भने पक्कै सहमत हुनुहुन्छ। एउटा विशेषज्ञ चिकित्सक बन्न ‘भगवान राम’ वनबास बसेजति नै समय लाग्छ, अर्थात् कम्तीमा १२ वर्ष। 

सबैभन्दा पहिला एमबीबीएस वा बीडीएस पूरा गर्न पाँचदेखि ६ वर्ष लाग्छ। त्यसपछि एक वर्षको कार्यानुभाव चाहिन्छ। एकदेखि दुई वर्ष एमडीको परीक्षा तयारी गर्नुपर्छ। एमडी पढ्न चाहनेका लागि सिट संख्या एकदमै थोरै छ। त्यसैले चाहनेबित्तिकै पढ्न पाइँदैन। अनि, भर्ना गरेपछि एमडीको पढाइ पूरा हुन कम्तीमा तीन वर्ष लाग्छ। अझ ‘सुपर स्पेसलाइजेसन’ गर्ने हो भने डीएम/एमसीएच गर्न थप समय लाग्छ। अनि त, जीवन ‘४० कटेसी रमाउँला’ भन्ने गीत जस्तै हुन्छ।

यही कारण चिकित्सकको सामाजिक जीवन पनि समस्यामा पर्छ। विवाहका लागि समय हुँदैन। विवाह गरे पनि व्यस्तताका कारण सँगै बस्ने, रमाउने वातावरण कम हुन्छ। आर्थिक बोझ थपिँदै जान्छ। यसैले पारिवारिक खटपट हुन्छ। 

त्यसकारण डाक्टर हुनुको खुसीबाहेक जीवनमा न केही रमाइलो हुन्छ, न अन्य काम गर्न सकिन्छ। आर्थिक रुपमा पनि सुरक्षित हुइँदैन। त्यसमाथि बिरामी र उनीहरुका आफन्तले गर्ने दुर्व्यवहारका घटना भइरहन्छन्।

मेडिकल अध्ययन र अभ्यास चुनौतीपूर्ण क्षेत्र हो। यहाँ छिरिसकेपछि समय र पैसाको लगानी, पढाइको चाप, समाज र परिवारको आशा, आफ्नो उमेर बढ्दै जाँदा पारिवारिक जीवनको व्यवस्थापन जस्ता कारण कतिपय त विचलित अवस्थामा पुग्छन्। त्यति बेलासम्ममा आफूसँगै स्कुल पढेका साथी अर्को कुनै विषयमा पढाइ सकाएर काममा लागिसकेको हुन्छ। उसको जीवन व्यवस्थित भइसक्छ। यही कारण पनि मेडिकल विद्यार्थी निरास हुने र आत्मविश्वास कमजोर हुने अवस्थामा पुग्छन्।

वास्तवमा डाक्टर नै बन्नुपर्ने सामाजिक होडबाजीका कारण यो क्षेत्रमा आएका कतिपयले आफ्नो जिन्दगी ‘खेर फालेका’ छन्। के डाक्टर मात्र इज्जतिलो पेसा हो? डाक्टर मात्र समाजका लागि आवश्यक हुन्छ? अभिभावकले बालबालिकालाई डाक्टर बन्न प्रेरित गर्नु वा दबाब दिनु कतिको जायज हो? यी प्रश्नको उत्तर सहज छन्। तर, हाम्रो समाजले जटिल बनाइरहेको छ।

यथार्थमा, मेडिकल क्षेत्रमा अवसर छ। चिकित्सकलाई दिइने सम्मान पनि छ। तर, यी दुवै कुरा अन्य पेसामा पनि छन्। मुलतः रुची, आर्थिक क्षमता र योग्यताका आधारमा आफू जाने क्षेत्र छनौट गर्नुपर्छ।

हाम्रो देशमा हजारौं बिरामीको अनुपातमा केही डाक्टरले काम गर्नुपर्ने अवस्था छ। त्यसैले देशलाई धेरै चिकित्सकहरुको आवश्यकता छ। तर, केन्द्रको अस्पतालमा मात्र बस्ने, गाउँ र विकट क्षेत्रमा सेवा दिन जान हिच्किचाउने प्रवृतिमा सुधार ल्याउनुपर्छ। अनि सरकारी जागिरमा दिइने तलब–सुबिधामा पनि पुनर्विचार हुनुपर्छ। निजी अस्पतालमा भइरहेको श्रम–शोषणको नियन्त्रण र नियमन हुन जरुरी छ। खुशी र सन्तुलित जीवन बाँच्नसक्ने राम्रो माहोल बन्न सके मेडिकल क्षेत्रमा लागेकाहरु निराश हुनुपर्ने अवस्था हुँदैन। 

मुख्यतः अहिले एमबीबीएस वा बीडीएस पढ्ने तयारी गरिरहेका विद्यार्थी र उनीहरुका अभिभावकले यो क्षेत्रका चुनौती सुरुमै बुझ्न जरुरी छ। यहाँभित्रका विकृति मात्र होइन समस्या र चुनौतीहरु पनि बुझेर मात्र डाक्टर बन्ने सपना बोके भविष्यमा निराश बन्नुपर्दैन। सामाजिक होडबाजी र साथीभाइको लहैलहैमा लागेर मेडिकल पढ्न थाल्दा सफलता हात पर्दैन। यो विषय अभिभावक र विद्यार्थी दुवैले बुझ्नै पर्छ।

(लेखक बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सका एमडी रेसिडेन्ट हुन्।)

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्