काठमाडौं– राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको बैठक बसिरहेको छ। पार्टी निवास बबरमहलमा बैठक बसिरहेको हो।
'बैठकमा राजनीतिक समितिको एजेन्डा, पार्टी विधान, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने सम्भावना छ', राजपाका महासचिव केशव झाले जानकारी दिए।
२५ गतेका लागि पार्टीको राजनीतिक समितिको बैठक बोलाइएको छ। सो बैठकको एजेन्डा अगाडि नै तय गरेर अघि बढ्न खोजिएको हो। गत ८ गते बसेको अध्यक्ष मण्डलको बैठकले जेठ २५ मा राजनीतिक समितिको बैठक बस्ने निर्णय गरेको थियो।
त्यस्तै, आगामी महाधिवेशनमा पारित हुने पार्टी विधानको मस्यौदामाथि पनि छलफल हुनेछ।
पार्टीका वरिष्ठ उपाध्यक्ष वृशेषचन्द्र लालकी आमाको निधन भएकाले शोक प्रस्ताव मात्रै पारित गरेर बैठक सकिने सम्भावना पनि रहेको झाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।