• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आयुर्वेदिक औषधि फुटपाथमा बिक्री गर्ने वस्तु होइन

डा.वासुदेव उपाध्याय सोमबार, साउन २५, २०७८  ०७:०२
1140x725

आयुर्वेद भनेको जडिबुटी मात्र होइन। यसभित्र पञ्चकर्म चिकित्सा सेवा, स्वास्थ्य प्रबर्द्धनका विभिन्न कार्यक्रम छन्। आयुर्वेद भनेको सम्पूर्ण जीवन जिउने पद्दति हो। यसमा विभिन्न आठ वटा विधा छन्। ती काया चिकित्सा, शल्य चिकित्सा, बुद्धविद्यादेखि लिएर नाक, आँखा, कान, बाल रोग, प्रसूतिलगायत हुन्।

नेपालमा आयुर्वेद चिकित्सा पद्दतिको संस्थागत सुरुवात भएको झन्डै ४०० वर्ष पुगिसकेको छ। नरदेवी आयुर्वेद चिकित्सालयबाट संस्थागत सेवा सुरु भएको पनि १०० वर्ष पुगेको छ। 

यो नेपालको मौलिक र परम्परागत चिकित्सा पद्धति हो। प्रत्येक नेपालीको जीवनशैलीसँग यो पद्दति जोडिन्छ। त्यसैले यसलाई राष्ट्रिय चिकित्सा पद्धति पनि भन्ने गरेका छौँ। 

सरकारले २०३८ सालमा आयुर्वेद विभागको स्थापना गरेपछि सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र, अञ्चलहरुमा औषधालय (अञ्चलस्तरीय) र ३०५ वटा गाविसस्तरका औषधालय स्वास्थ्य संस्था स्थापना भएका छन्। अहिलेको संघीय संरचना अनुसार विभागले देशभरका यी संस्थाको व्यवस्थापनको काम गर्छ। औषधि उत्पादन गर्न सिंहदरबार वैद्यखाना विकास समिति छ। केन्द्रीय रुपमा नरदेवी आयुर्वेद चिकित्सालय छ।

कोरोनाका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी
पहिलो पटक कोरोना भाइरस देखिँदा यसबारे विश्व नै अनभिज्ञ थियो। कुनै औषधि, खोप थिएन। तत्कालीन अवस्थामा जनस्वास्थ्यविद् तथा विज्ञहरुले शरीरमा रोगसँग लड्ने क्षमता बलियो भयो भने भाइरसले खासै असर गर्दैन भन्ने बताएका थिए। शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन आयुर्वेदमा विभिन्न जडिबुटीहरु छन्। यसमा जीवनशैलीका कुरा पनि छन्। त्यसकारण आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्दति विभागले यो रोगको रोकथाम गर्न सक्छौँ भनेर मार्गनिर्देशन जारी गर्‍यौँ।

त्यसपछि कोरोनाको रोकथाम तथा व्यवस्थापनका लागि मापदण्ड तयार भयो। विभागले समय सापेक्ष प्रमाणित भएका, हाम्रो भान्छा तथा करेसाबारीमा सहजै पाइने कुन–कुन जडिबुटीले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ भनेर जानकारी दियो। त्यसमा टेकेर आयुर्वेदका स्वास्थ्य संस्थाहरुबाट आइसोलेसन सेन्टरमा बसेका बिरामीलाई ती औषधिहरु वितरण गर्दा प्रभावकारी देखियो।

रुघाखोकी लाग्दा पनि औषधि नखाएर ज्वानो पानी, बेसार पानी, तुलसी, अदुवा खान्छौँ। त्यसको अर्थ यी जडिबुटीले रुघाखोकीलाई निको पार्न सहयोग गर्छ। कोरोना भाइरसले पनि श्वासप्रश्वास प्रणालीलाई असर गर्छ। त्यसैले, यिनै औषधिहरुको संयोजन मिलाएर खाँदा फाइदा गर्छ भनेर वितरण गरिएको हो। 

आयुर्वेदका स्वास्थ्य संस्थामा राखिएका संक्रमितलाई जडीबुटीमूलक औषधि खान दिनुका साथै योग अभ्यास पनि गराइएको थियो। कोभिडका बिरामीले आयुर्वेदिक औषधि खाइसकेपछि उनीहरु जटिल अवस्थामा गए कि गएनन्, एन्टीबडी बन्यो कि बनेन, ती बिरामी कति छिटो निको भए लगायत अन्य तथ्यांक हेरिएको थियो। उनीहरु अलि छिटो निको भएको महसुस भयो। यसलाई आधिकारिक रुपमा प्रमाणित गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा एउटा ‘रिसर्च क्लिनिकल ट्रायल’ पनि सुरु भएको छ। बीचमा कोभिडका बिरामीहरु घटेको भएर यसको नतिजा आइसकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

आयुर्वेद चिकित्सा पद्दति अपनाउन अरु अस्पतालले सहज मानेका छैनन्। तर, चिकित्सकहरुले होम आइसोलेसनमा रहेकालाई ‘डिप ब्रिथिङ एक्सरसाइज’ गर्ने सल्लाह दिएका छन्। आयुर्वेदमा यसलाई प्राणायाम भन्छौ, कुरा एउटै हो। खानपिनमा उहाँहरुले बढी प्रोटिन भएको तथा झोलिलो खानेकुरा खान भन्नु हुन्छ। त्यही कुरा हामीले फरक तरिकाले भन्छौँ। जस्तो, मुङको दाल नियमित खानुस्, सुपहरु बनाएर खानुस् भन्छौँ। भाषा मात्र फरक हो। 

कतिपय व्यक्तिले आयुर्वेद औषधिले कोरोना शतप्रतिशत निको हुने दाबी पनि गरे। जसले गर्दा आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिको छवि धमिलो बनायो। सामाजिक सञ्जालबाट केहीले ‘कोभिडलाई आयुर्वेद उपचारमार्फत शतप्रतिशत निको पार्ने’ प्रचार गरेपछि विभागले खन्डन गरेको छ। कतिलाई त स्पष्टीकरण पनि सोधिएको छ। यदी उनीहरुको दाबीमा सत्यता भए प्रमाण दिन भनेका छौँ, आयुर्वेद विभागले नै अनुसन्धान गरिदिन्छ।

कतिपय व्यक्तिले त ‘मलाई यो औषधिले यति दिनमा ठीक भयो, तपाईंलाई पनि हुन्छ’ भनेर पनि प्रचार गर्छन्। तर, त्यो गलत हो। आयुर्वेद औषधिहरु कोभिडको उपचारका लागि होइन, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मात्र हो भनेर स्पष्ट भनिसकेका छौँ। कोरोनाको मात्र होइन, कुनै पनि रोगका लागि हामीले भन्ने यही हो।

साइड इफेक्ट नगर्ने भ्रम
पहिले आयुर्वेद औषधालयहरुमा स्वास्थ्य परीक्षण गरेर औषधि वितरण गर्ने काम मात्र हुन्थ्यो। तत्कालीन अवस्थामा निश्चित औषधिहरु मात्र पठाइन्थ्यो। जसले गर्दा सबैलाई पुग्ने अवस्था थिएन। अहिले पनि औषधिको कमी छ।

संघीय संरचना अनुसार ७५३ वटा स्थानीय तहमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्दतिको संरचना छैनन्। त्यसकारण, सेवा विस्तार भएको छैन। केही व्यवस्थाहरु नीतिगत तहमा भए पनि कार्यान्वयनको पाटोमा हाम्रो कमजोरी छ। हाम्रो कमजोर भौतिक संरचनाका कारण भएको बजेट खर्च गर्न नसक्ने अवस्था छ।

अहिले बजारतिर सडक किनारा र फुटपाथमै बसेर आयुर्वेद औषधि बेचेको भेटिन्छ। यो एकदम गलत भइरहेको छ। औषधि कहिले पनि बाटामा अथवा बसपार्कमा बसेर बेच्न पाइँदैन। यसमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ। यसको अनुगमन र नियमन स्थानीय तह र औषधि व्यवस्था विभागले गर्नुपर्छ। किनभने, औषधि बेच्न औषधि विभागमा दर्ता हुनुपर्छ।

जनतामा पनि ‘आयुर्वेदिक औषधिले साइड इफेक्ट गर्दैन’ भन्ने भ्रम छ। त्यसकारण बाटोमै भेटे पनि उहाँहरुले खानु हुन्छ। आयुर्वेद विभाग यसलाई रोक्न लागि परेको छ। विभिन्न जिल्लामा माइकिङ गरेर औषधि जथाभावी बेच्न रोकिएको छ। पाल्पा, स्याङजामा केही समयअघि मात्र जिल्ला प्रशासनसँग समन्वय गरी उनीहरुलाई रोक लगाइएको छ। 

यस्ता छन् स‌ंरचना र चुनाैती
तत्कालीन गाविसस्तरमा रहेका ३०५ वटा आयुर्वेद औषधालयमा ओपीडी सेवा सञ्चालनमा छ। आईपीडीस्तरमा भर्ना गरेर उपचार गर्नुपर्ने अस्पतालहरुमा नरदेवी आयुर्वेद चिकित्सालय छ। त्यस्तै लुम्बिनी प्रदेशमा प्रादेशिक आयुर्वेद चिकित्सालय दाङमा पनि यो सेवा छ। सुदूरपश्चिमको धनगढीमा रहेको स्वास्थ्य संस्थालाई ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पतालको रुपमा विकास भइरहेको छ।  

आजभन्दा झण्डै १० वर्षअघिसम्म आयुर्वेदका लागि निश्चित बजेट मात्र विनियोजन हुन्थ्यो। सिंहदरबार वैद्यखानाबाट औषधि जान्थ्यो। त्यसपछि विस्तारै आयुर्वेदका कार्यक्रमहरुको विकास हुँदै गयो। अहिले सुत्केरी आमा र शिशुको स्वास्थ्यका लागि ‘स्तनपाई आमा’ कार्यक्रम छ। कतिपय शिशुलाई आमाको दुध नपुगेर कुपोषण हुने गरेको छ। त्यसैले सुत्केरी आमाहरुलाई दुग्धवर्धक आयुर्वेद औषधिहरु निःशुल्क वितरण हुन्छ। त्यस्तै ‘ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ सञ्चालन भइरहेको छ। स्वास्थ्य जीवनशैली, योग इत्यादीलाई विद्यालयबाटै सिकाउन ‘आयुर्वेद तथा योग शिक्षा कार्यक्रम’ पनि सञ्चालन भइरहेको छ। 

आयुर्वेद चिकित्सा पद्दतिको प्रवर्द्धनमा धेरै चुनौती छन्। अहिलेसम्म यो चिकित्सा पद्धतिलाई स्वास्थ्य मन्त्रालयलगायतले ठूलो महत्व दिएको छैन। यसबाट बिरामीको उपचार गर्ने र रोग लाग्नै नदिने गरी काम गर्न सकिन्छ भन्ने विश्वास कम देखिन्छ।

पछिल्लो समय ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालनमा छ। आफ्नो स्वास्थ्यबारे आफूलाई जानकारी हुनु नै आरोग्य हो। आरोग्य घर–घरमा कुनै स्वास्थ्य संस्थाले पुर्‍याइदिने होइन। आफ्नो स्वास्थ्य कसरी आफैं सुधार गर्नुपर्छ, कसरी स्वस्थ हुनुपर्छ भन्ने सिकाउने उद्देश्य राखेर यो कार्यक्रम सञ्चालन गरेका हौँ। यसका लागि ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नारा अघि सारिएको छ।

प्रत्येक वडा तथा पालिकास्तरमा नागरिक आरोग्य समूह हुन्छन्। यसले के खान हुने, के नहुने, योग अभ्यास, सामाजिक वातावरण तथा सरसफाई लगायत विषयलाई प्राथमिकता दिन्छ। यो कार्यक्रम सुरु भएको एक वर्ष जति मात्र भयो।

आयुर्वेद चिकित्सा पद्दतिको प्रवर्द्धनमा धेरै चुनौती छन्। अहिलेसम्म यो चिकित्सा पद्धतिलाई स्वास्थ्य मन्त्रालयलगायतले ठूलो महत्व दिएको छैन। यसबाट बिरामीको उपचार गर्ने र रोग लाग्नै नदिने गरी काम गर्न सकिन्छ भन्ने विश्वास कम देखिन्छ। 

संविधानले नै आधारभूत स्वास्थ्य सेवालाई निश्चित गरेको छ। जनस्वास्थ्य सेवा ऐनमा विभिन्न आधारभूत स्वास्थ्य सेवालाई वर्गीकरण गर्दा त्यसमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पनि छ। अहिले ५, १० र १५ शय्याको आधारभूत अस्पताल बनिरहेका छन्। त्यसमा आयुर्वेद सेवाको युनिट राखेर विकास गर्‍यो भने यसको क्षेत्र बढाउन सकिन्छ। प्रत्येक आधारभूत अस्पतालहरुमा आयुर्वेद युनिटसहित सेवा दिनुपर्छ। 

अहिलेसम्म जिल्लास्तरको स्वास्थ्य संस्था जम्मा चार जनाको जनशक्तिले धानिरहेको छ। चार पाँच वटा कोठामा सेवा दिइएको छ। जनस्वास्थ्य सेवा नियमावलीले प्रदेशस्तरको २५ शय्याको आयुर्वेद अस्पताल बन्ने भनेको छ। २५ शय्याको अस्पताल निर्माण गर्नका लागि सोही अनुसारको जनशक्ति आवश्यक पर्छ। भौतिक संरचना आवश्यक छ। यसको व्यवस्थापन पनि अर्को चुनौती हो।

(आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. उपाध्यायसँग कमला गुरुङले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्