काठमाडौं– जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिकमा चीनलाई उछिन्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
महिला भलिबलमा स्वर्ण जित्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। अमेरिकाले ३९ स्वर्णसहित ११३ पदक जितेको छ, जसमा ४१ रजत र ३३ कास्य पदक रहेको छ।
दोस्रो स्थानमा ओर्लिएको चीनले हालसम्म ३८ स्वर्ण, ३२ रजत र १८ कास्य पदक प्राप्त गरेको छ।
तेस्रोमा रहेकाे जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य प्राप्त गर्न सफल भएको छ।
बेलायत २२ स्वर्ण, २१ रजत र २२ कास्य पदकका साथ चौथो स्थानमा उक्लिएको छ भने रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २८ रजत र २३ कास्य पदकसहित पाँचौ स्थानमा छ।
छैटौं स्थानको अस्ट्रेलियाले १७ स्वर्ण, ७ रजत र २२ कास्य पदक हात पारेको छ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ९३ देशले पदक प्राप्त गर्न सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।