काठमाडौं– जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन ३८ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ।
चीनले हालसम्म ३८ स्वर्ण, ३१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ। पदक तालिकाको दोस्रोमा अमेरिका तथा तेस्रो स्थानमा जापान रहेका छन्।
अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २७ स्वर्ण, १२ रजत र १७ कास्य प्राप्त गर्न सफल भएको छ।
रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २६ रजत र २३ कास्य पदकसहित चौथो स्थानमा छ भने बेलायत २० स्वर्ण, २१ रजत र २२ कास्य पदकका साथ पाँचौ स्थानमा छ।
छैटौं स्थानको अस्ट्रेलियाले १७ स्वर्ण, ७ रजत र २२ कास्य पदक हात पारेको छ भने सातौ स्थानको जर्मनीले हालसम्म १० स्वर्ण, ११ रजत र १६ कास्य पदक प्राप्त गरेको छ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।