काठमाडौं- फ्रान्सलाई पराजित गर्दै अमेरिकी पुरुष बास्केटबल टिमले लगातार चौंथो पटक ओलम्पिकमा स्वर्ण जितेको छ।
टोकियो ओलम्पिकअन्तर्गत साइटामा एरिनामा शनिबार भएको फाइनलमा अमेरिकाले फ्रान्सलाई ८७-८२ अंकले पराजित गरेको हो।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो क्वार्टरमा अमेरिकाले २२-१८ को अग्रता बनाएको थियो। यस्तै, अमेरिकाले दोस्रो क्वार्टरमा २२-२१ र तेस्रो क्वाटरमा २७-२४ को अग्रता बनाएको थियो।
अन्तिम क्वार्टरमा पुनरागमन गरेको फ्रान्सले उक्त क्वार्टर १९-१६ ले आफ्नो पक्षमा पारेको थियो। यद्यपि, अमेरिकाले पाँच अंक अन्तरमा खेल जित्यो।
सन् १९३६ देखि ओलम्पिकमा खेलाउन थालिएको बास्केटबलमा अमेरिकाले जितेको यो १६औं स्वर्ण हो। पछिल्लो पटक सन् २००४ को एथेन्स ओलम्पिमा तेस्रो भएको अमेरिकाले २००८ को बेइजिङ ओलम्पिक, २०१२ को लण्डन ओलम्पिक र २०१६ को रियो ओलम्पिकमा स्वर्ण जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।