काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) राष्ट्रिय स्वाधीनता र हितलाई विश्व समुदायका बीचमा स्थापित गर्ने गरी अन्तर्राष्ट्रिय सम्बन्ध बनाउने सत्ता गठबन्धनको योजना, कोभिडका कारण सङ्कटग्रस्त क्षेत्र र वर्गका विशेष आर्थिक प्याकेजको व्यवस्था (गठबन्धनका साझा कार्यक्रम)
२) पार्टी अध्यक्ष केपी शर्मा ओलीका आगामी कदमलाई हेरेर अगाडि बढ्न नेपाल पक्षको तयारी, एकताका लागि विगतमा भएका गलत राजनीतिक निर्णयका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड (नेपाल पक्ष पर्ख र हेरमा)
३) उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुनेगरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव, बैंक मोटाउने तथा देश र जनता गरिब हुँदै जाने अवस्था आएको भन्दै ध्यानाकर्षण (अर्थमन्त्रीको धारणा)
४) अमेरिकाले जापानको हिरोशिमा शहरमा विश्वको पहिलो परमाणु बम खसालेको आज ७६ औं वर्ष, २ लाख ५० हजार जनसंख्या रहेको हिरोशिमामा ८० हजार मानिसको भएको थियो मृत्यु (आततायी इतिहास)
५) र, ला लिगाको नयाँ नियमअनुसार अर्जेन्टिनाका फरवार्ड लियोनल मेसीर बार्सिलोनाबीच सहमति भएको तलब अमान्य, आर्थिक भार कम गर्न तलब कटौती गर्दा मेसीले बार्सिलोनासँगको यात्रा टुङ्ग्याउनुपर्ने (बार्सिलोना छाड्दै मेसी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।