काठमाडौं– विवेकशील साझा पार्टी पर्साका जिल्ला अध्यक्षसहितको समुह नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेको छ। मंगलबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा सो पार्टीका नेताहरुलाई नेकपामा स्वागत गरेका थिए।
उनीहरुलाई अध्यक्ष प्रचण्डले अबिर र माला लगाएर पार्टी प्रवेश गराएका हुन्।
विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा व्यवस्थापिका प्रमूख बबिल थापा, कार्यपालिका प्रमूख मुस्ताक अलाम, न्यायपालिका प्रमूख सुरेशकुमार बादल लगायतको सिंगो जिल्ला समिति नै नेकपामा प्रवेश गरेको हो।
अध्यक्ष पाण्डे जनयुद्धकालका जिल्ला जनसरकार उपप्रमुखसमेत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।