काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघ (एनआईटीएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ।
नेपाल आर्मीका भीम र बागलुङकी बसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको दुई फरक संस्करणमा स्वर्ण जितेका थिए।
एनआईटीएफको २४औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङलास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरुलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरिएको हो।
सोही अवसरमा नेपालगन्जका वीरेन्द्रबहादुर शाही उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए। तीनैले प्रशंसा पत्रसहित जनही १५ हजार नगद पुरस्कार प्राप्त गरे।
काठमाडौंका मनोज खड्गी आउट स्टेन्डिङ प्रशिक्षक, रोल्पा उत्कृष्ट संघ र झापाका नवीन तामाङ उदीयमान प्रशिक्षकको अवार्डबाट सम्मानित भए। उनीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ।
विगत ३० वर्षदेखि हालसम्म आईटीएफ तेक्वानदोमा सक्रिए नेपालगन्जकी ५४ वर्षीया फात्तिमा बानुलाई पनि विशेष अवर्डाबाट सम्मान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।