काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष र नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई रात्रिभोजमा सहभागी गराउँदै अनौपचारिक संवाद गरेकी छन्।
लामो समयदेखि औपचारिक भेटघाट नभएको अवस्थामा साेमबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसहित शिर्ष नेतासँग रात्रि भोजको आयोजना गरेकी हुन्। नेकपा एमाले र माओवादी केन्द्र एक हुँदै नेकपा निर्माण भई सरकार सञ्चानल गरिरहेको अवस्थामा राष्ट्रपतिले प्रतिपक्ष दलका मुख्य नेतासहितको अनौपचारिक भेटघाट गराएकी हुन्।
प्रधानमन्त्रीबाट बाहिरिएपछि देउवा र प्रधानमन्त्री ओलीका बीचमा दोहोरो संवाद भएको थिएन। उक्त संवादहिनतालाई चिर्न राष्ट्रपतिले अनौपचारिक बैठक राखेको भेटमा सहभागी एक नेताले बताए। भेटमा देशको राजनीति र प्रतिपक्षसँग मिलेर समृद्धि तथा विकासलाई अघि बढाउने विषयमा सामान्य कुराकानी भएको ती नेताले बताए।
बजेट तथा सरकारको आगामी कार्यमा सहयोग गर्न प्रधानमन्त्री ओलीले देउवालाई आग्रह गरेका थिए। देउवाले प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्दै विकास र समृद्धिको सहयोगी हुने वचन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।