१) एमाले वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा ७३ जना केन्द्रीय सदस्यको हस्ताक्षर, एकताको प्रक्रिया र वार्ता अगाडि बढिरहेको बताउँदै एकता नै आफ्नो इच्छा रहेको नेपालको भनाइ (एमाले अन्तरसंघर्ष)
२) पछिल्लो २४ घण्टामा नेपालमा सबैभन्दा बढी युवाहरुमा संक्रमण, सोही अवधिमा नेपालमा तीन हजार ९३८ जनामा कोरोना संक्रमण र ३७ जनाको मृत्यु (युवामा संक्रमण)
३) मुख्य मन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्तावमा छलफल गर्न बोलाइएको विशेष अधिवेशन, सांसद विमला खत्रीले गरिन् मुख्यमन्त्री पोखरेल निवासमा बन्धक बनाइएपछि भागेको खुलासा (लुम्बिनी प्रदेशमा भद्रगोल)
४) अफगानिस्तान सुरक्षाकर्मीले गरेको कारबाहीमा परी ३ सयभन्दा बढी तालिबान मारिए, पछिल्लोे २४ घण्टामा गरिएको कारबाहीमा थप १२५ तालिबान बिद्रोही घाइते (अफगानस्थानमा तनाव कायम)
५) र, नेपाली पुरुष टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्न चार राष्ट्रले गरे प्रस्ताव, प्यालेस्टाइन, भारत र बंगलादेशले काठमाडौं आउन तयार, किर्गिस्तानले गर्यो आफ्नै देशमा आमन्त्रण (नेपालसँग खेल्न चार देशको प्रस्ताव)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।