काठमाडौं- इंग्ल्याण्डमा आयोजना हुने भनिएको रग्बी लिग विश्वकप स्थगित भएको छ। कोरोनाका कारण प्रतियोगिता सन् २०२२ सम्म स्थगित गरिएको हो।
कोरोना संक्रमण कै कारण अष्ट्रेलिया र न्युजिल्याण्डले खेलाडी पठाउन नसक्ने जनाएपछि प्रतियोगिता सरेको हो।
यस अगाडि प्रतियोगिता २३ अक्टोबरदेखि २७ सम्म हुने तय थियो।
यसपटक प्रतियोगितामा महिला तथा पुरूषका साथै ह्विल चियरसमेत समावेश गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।