काठमाडौं–स्थानीय एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का अध्यक्ष धनबहादुर नेपाली पक्राउ परेका छन्।
वडाध्यक्ष नेपालीलाई बिहीबार उनकै घरबाट पक्राउ गरिएको जाजरकोटका प्रहरी निरीक्षक खुमानान्द पाण्डेले नेपाल लाइभलाई जानकारी दिए। ‘सदरमुकामबाट ७५ किलोमिटर टाढा पर्छ वडाध्यक्षको घर। अहिले पक्राउ गरेर हाम्रो टोलीले जिल्ला प्रहरी कार्यालय ल्याउँदैछ’ इन्सपेक्टर पाण्डेले भने।वडाध्यक्ष नेपालीले स्थानीय सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरेका थिए। कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल
भएपछि प्रहरीलाई पक्राउ गरेर कारबाही गर्न दबाब भएको थियो। सामाजिक सञ्जालमा वडाध्यक्ष नेपालीको चौतर्फी विरोध भएपछि प्रहरीले घटना भएको एक सातापछि उनलाई पक्राउ गरेको हो।
वडाध्यक्ष नेपालीले सर्पेलाई साउन १५ गते सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालय गएको बेला कुटपिट गरेका थिए। प्रहरीका अनुसार त्यसबेला सर्पेले मादक पदार्थ सेवन गरेर अपशब्द बोलेको भन्दै वडाध्यक्षले डोरीले बाँधेर कुटेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले कुटपिट गने वडाध्यक्षलाई कारबाहीका गर्नुको साटो उल्टै मिलापत्र गराएर छाडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।