• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सन्दर्भ : विश्व स्तनपान सप्ताह–२०२१

किन घट्दैछन् नवजात शिशुलाई दुध खुवाउने आमा?

वर्षा भट्टराई शुक्रबार, साउन २२, २०७८  ०७:०५
1140x725

‘बधाई छ। तपाईंको छोरी भएको छ। आमाको अवस्था अहिले कमजोर छ। अझै एक–दुई दिन दुध खुवाउन गाह्रो हुन सक्छ। बच्चालाई फर्मुला खुवाउँदै गर्नुस्।’

अर्धचेत अवस्थामा रहेकी मलाई गएको वर्ष २३ असोजमा अपरेसन थिएटर बाहिरबाट आएको यस्तो आवाजले अपरेसन गर्दाको घाउभन्दा बढी पोल्न थाल्यो। सबैलाई स्तनपानको महत्व र बिगौती दुधको फाइदाबारे बताउँदै आएकी म, आफ्‍नै सन्तानको पेटमा पहिलो खानाका रुपमा आफ्नो दुध खुवाउन नपाउने त्रासले पीडाबोध भयो। अपरेसन गरिएको भए पनि बच्चालाई आफ्नै दुध खुवाउन म मानसिक रुपमा तयार र प्रतिबद्ध थिएँ। 

तर, आफैं अर्धचेत थिएँ र डाक्टर, नर्ससँग ‘मेरो शिशुलाई आफ्नै दुध खुवाउँछु’ भन्न सक्ने अवस्थामा थिइनँ। मैले बोल्न नसके पनि मेरो श्रीमानले बच्चालाई फर्मुला खुवाउने कुराको प्रतिवाद गर्नु भएछ। उहाँ आफू पनि पोषणविद् भएको हुँदा छोरीलाई मेडिकल कारणबाहेक फर्मुला नखुवाउने अडान लिनु भएछ। मेरो होस् पूर्ण रुपमा खुल्दानखुल्दै छोरीलाई आफ्‍नो छातीमा टाँस्न पाएँ। उनको पेटमा मुखमार्फत पहिलो खाना आमाकै दुध जान पायो।  

हामीले आमाकै दुध खुवाउने अडान लिइरहँदा अस्पतालका साथीहरु फर्मुला खुवाउन प्रेरित गरिरहेका थिए। मेरो श्रीमानले उनीहरुलाई आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन २०४९ का प्रावधानसमेत बताइरहनु भएको थियो। भर्खर जन्मिएको नवजातको पेट गुच्चाजत्रो हुन्छ र आमाको केही थोपा दुध आए पनि पुग्छ। यति बुझाउन उहाँलाई हम्मे परेको थियो।

अहिले हामी विश्व स्तनपान सप्ताह मनाइरहेका छौँ। हरेक वर्ष १ देखि ७ अगष्टसम्म मनाइने विश्व स्तनपान सप्ताह म आमा बनेपछिको पहिलो हो। त्यसैले पनि स्तनपानबारे आफ्‍ना अनुभव, कामकाजी आमाले भोग्नु पर्ने कठिनाई र आफैँ पोषणविद् भएको हुँदा स्तनपानको महत्व, शिशुको ज्यान बचाउन आमाको दुध कसरी अमृत समान हुन्छ र राज्य तथा सरोकारवालाहरुले विचार पुर्‍याउनुपर्ने विषयबारे लेख्न जरुरी ठानेकी छु। 

आमाको दुध बच्चाका लागि अमृत समान हुन्छ। शिशुका लागि यो सम्पूर्ण पोषण हो, जसमा वृद्धि, विकासका लागि चाहिने पोषक तत्व र रोगसँग लड्ने प्रतिरोधात्मक तत्व आवश्यक मात्रामा हुन्छ। खासगरी बाक्लो, पहेँलो बिगौती दुधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुन्छ, जसले शिशुलाई संक्रामक रोगबाट बचाउँछ। त्यसैले स्तनपानलाई पहिलो खोपको रुपमा पनि लिइन्छ। ६ महिनासम्म आमाको दुध मात्र खुवाउँदा बाल मृत्युदरमा १३ प्रतिशतले कमी ल्याउन सकिने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन्। 

स्तनपानको यति महत्व हुँदाहुँदै पनि नेपालमा स्तनपान गराउने दर भने घट्दो छ। यद्यपि, स्तनपानलाई प्रवर्द्धन गर्ने कार्यक्रमहरु छन्। आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुलाई नियमन गर्ने ऐन/कानुन छ। राज्यले स्तनपानको प्रवर्द्धन गर्न पोषण कार्यक्रममार्फत वार्षिक करोडौं खर्च गरिरहेको छ। शिक्षित आमाहरुको अनुपात पनि बढिरहेकै छ। तर, स्तनपान किन निराशाजनक तरिकाले घटिरहेको छ त? केही प्रष्ट कारण छन्।  

नयाँ आमाहरुलाई सिकाउनै पर्ने विषय स्तनपानको सही आसन र सम्पर्कको सीप हो। अपरेसन गरेको अवस्थामा त घाउको पीडा र पहिलो पटक स्तनपान गराउँदाको दुखाइ खपिनसक्नु हुन्छ। यस्तो बेलामा आमालाई मानसिक रुपमा आँट र विशेष सहयोगको आवश्यकता पर्छ। मैले छोरी जन्माएको अस्पतालका स्वास्थ्यकर्मीमा आमालाई आसन र सम्पर्क सिकाउने तथा सहयोग गर्ने सीप र जाँगर खासै देखिएन। फर्मुला दुध बनाउने तरिका पटक–पटक सिकाउन आउने नर्सहरुको व्यवहार आवश्यक काममा अपेक्षाकृत थिएन। सबै स्वास्थ्यकर्मी यस्तै हुन्छन् भन्ने होइन। केही दशकअघिसम्म तेहेरो अंकमा रहेको मातृ–शिशु मृत्युदरलाई हाल दुईबाट एक अंकतिर झार्ने स्वास्थ्यकर्मी नै हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

शिशु जन्मनासाथ स्तनपान गराउनुअघि कतिपयले घ्यू, मह, चिनी आदि चटाउने गरेको पनि पाइन्छ। १० जना नवजात शिशुमध्ये तीन जनालाई यसो गरिन्छ। जस कारण शिशुको ज्यानैसमेत जान सक्छ। सन् २०१९ को तथ्यांक अनुसार नेपालमा शिशु जन्मेको एक घण्टाभित्रै स्तनपानको सुरुवात गर्नेको संख्या ४२ प्रतिशत छ। सन् २०१६ मा भने यो संख्या ५५ प्रतिशत थियो। संस्थागत सुत्केरी ७५ प्रतिशतभन्दा माथि भएको मुलुकमा यस्तो संख्या ४२ प्रतिशत मात्र हुनुको कारक प्रसूति गराउने अस्पताल र स्वास्थ्यकर्मी नै हुन्। 

शिशुलाई जन्मेदेखि ६ महिना पूरा नहुन्जेलसम्म आमाको दुधबाहेक केही खुवाउनु पर्दैन। दुधमा नै पानी र अन्य पोषकको मात्रा हुने हुँदा पानी पनि पिलाउनु हुँदैन। तर, यसरी पूर्ण स्तनपान गराउनेको संख्या ६६ बाट घटेर ६२ प्रतिशतमा झरेको छ। शिशु जन्मेदेखि एक महिनासम्म आमाको दुध मात्र खुवाउनेको संख्या ८० प्रतिशत छ। शिशु दुईदेखि तीन महिनासम्मको हुँदा आमाको दुध मात्र खुवाउनेको संख्या घटेर ७२ प्रतिशत हुन्छ। उमेर बढ्दै जाँदा यो दर झन् घट्दै गएको छ। पूर्ण स्तनपानको दर घट्दै जानुका पछाडि स्वास्थ्य सेवा प्रदायकले दिने परामर्श र सेवा, आमसमुदायमा भएको भ्रम, सचेतनाको अभाव, बट्टाका दुधको बढ्दो विज्ञापन र कामकाजी आमाका बाध्यता मुख्य हुन्। 

स्तनपानबारे समुदायमा विभिन्न भ्रम व्याप्त छन्। खासगरी बच्चालाई दुधमात्र खुवाए तिर्खाउँछन्, त्यसैले पानी खुवाउनु पर्छ भन्ने गलत बुझाइ छ। त्यस्तै दुध मात्र खुवाउँदा बच्चा भोकाउँछ भनेर दुई–तीन महिनादेखि नै अन्य खाना खुवाउन थाल्नेको संख्या ठूलो छ। ६ महिनासम्म आमाको दुध नै पर्याप्त हुन्छ, अन्य खाना खुवाउनु पर्दैन भन्ने सचेतना फैलाउन अत्यन्त जरुरी छ। आमालाई पोषिलो झोलिलो खाना प्रशस्त खुवाउने र चिन्तामुक्त रहने हो भने दुधले नै पुग्छ। 

नेपालमा बढ्दो शहरीकरणसँगै बोतल–पानको दर पनि बढिरहेको छ। सन् २०१६ मा १२ प्रतिशत रहेको बोतल–पानको दर २०१९ मा २३ प्रतिशत पुगेको छ। यसरी बट्टाको दुध वा फर्मुला खुवाउनेको अनुपात शिक्षित आमाका बच्चामा बढी देखिन्छ। यस्ता आमाका कतिपय बाध्यता भन् भने कतिपय अवस्थामा बेवास्ता पनि छ। पूर्ण स्तनपान गराउन श्रीमान् र परिवारका अन्य सदस्यको ठूलो भूमिका हुन्छ। 

कार्यालयमा काम गर्ने आमाहरुले चाहेर पनि आफ्‍नो शिशुलाई पूर्ण स्तनपान गराउन सक्ने अवस्था छैन। घरबाट नजिकै कार्यालय भएको हुनाले र परिवारका सबैले सहयोग गर्नाले मैले छोरीलाई पूर्ण स्तनपान गराउन सकेँ। तर, सबैको अवस्था यस्तो हुँदैन।

पूर्ण स्तनपानलाई सहयोग गर्न ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५’ को दफा १३ मा सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलालाई कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा तथा चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्मको बेतलबी बिदाको व्यवस्था छ। तर, अझै पनि यो प्रावधान कार्यान्वयन राम्ररी हुन सकेको छैन। सरकारी जागिरेले केही हदसम्म यो सुविधा पाए पनि निजी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने आमाहरुले सुत्केरी बिदा पाउन पनि गाह्रो छ। बच्चालाई दुध खुवाउन धेरैले जागिरै छोड्नु पर्ने बाध्यता छ।

कतिपय कार्यालयमा महिलालाई दिइने यस्ता सुविधालाई गिज्याएर, होच्याएर हेर्ने र काम ठग्ने बहाना बनाएको रुपमा पनि पाइन्छ। तर, गर्भवती र प्रसूति अवस्थामा दिइने बिदा र अन्य सुविधा महिलाको लागि मात्र होइन, भावी सन्ततिको स्वास्थ्यसँग जोडिएको विषय हो। पूर्ण स्तनपानले १३ प्रतिशतसम्म बाल मृत्युदर घटाउने, स्तनपान गराएका शिशुहरुको दिमागको विकास राम्रो हुने, स्वस्थ हुने, पोषणमा गरेको १ डलर लगानीले १६ डलर प्रतिफल दिनेजस्ता तथ्य बुझ्न जरुरी छ। गर्भवती र प्रसूति अवस्थामा दिइने बिदा तथा सुविधा राज्यको विकासको एउटा आयाम हो। यो विषय महिलालाई दिइने राहतका रुपमा भन्दा पनि राज्यको भावी सन्ततिलाई स्वस्थ बनाउँदै उच्च उत्पादकत्व भएको जनशक्तिको विकास गर्नेसँग सम्बन्धित छ। त्यसैले पूर्ण स्तनपान गराउने अवधिभरका लागि प्रसूति बिदा कम्तिमा ६ महिना दिन जरुरी छ। यस्ता सुविधा सबै सरकारी, गैरसरकारी वा निजी संघ संस्थामा कार्यरत महिलाले पाउनुपर्छ। 

स्तनपानबारे आम सचेतना अभिवृद्धि गर्ने, प्रसूति बिदालाई कम्तिमा ६ महिना पुर्‍याउने र अनिवार्य परिपालन गराउने, आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (पाउडर दुध, दुधदानी आदि) को कडा नियमन गर्ने, स्वास्थ्यकर्मीले अन्तिम विकल्पका रुपमा मेडिकल कारणमा मात्र बट्टाको दुध दिने हो भने मात्र स्तनपानको दर बढ्दै जानेछ। अन्यथा हरेक वर्ष स्तनपान सप्ताह मनाइन्छ, करोडौँ बजेट कार्यक्रममा खर्च हुन्छ, तर स्तनपानको दर घट्दै जानेछ। कुपोषणको दर बढ्दै जानेछ। अतः सबैले जिम्मेवारी लिए मात्र स्तनपानको संरक्षण हुनेछ। 

(भट्टराई मानव अंग प्रत्यारोपण केन्द्रकी पोषणविद् हुन्।)

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्