• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

माटोका भाँडा बनाइरहेका तीन पुस्ता, इन्जिनियर नाति पनि पुर्ख्यौली पेसामा

धनु विश्वकर्मा बिहीबार, साउन २१, २०७८  ०७:०६
1140x725

‘हामी माटोसँगै खेलेर हुर्कियौँ। अहिले पनि माटोसँगै खेल्छौँ। माटोसँग हाम्रो मितेरी गाँसिएको छ।’ 

यति बोल्दै गर्दा भक्तपुरका बुद्धिराम प्रजापतिलाई फुर्सद थिएन। माटोसँग खेलिरहेकै थिए। छेउमा रहेकी उनकी श्रीमती मायादेवीलाई पनि कहाँ फुर्सद र!

तर, मैले अलि लामै गफ गर्ने सुर कसिसकेको थिएँ। उनकै छेउमा टुसुक्क बसेँ। अनि सोधेँ, ‘यसरी माटोलाई भाँडाको आकार दिन कहिले सिक्नुभयो?’

‘यो हाम्रो पुर्ख्यौली पेसा हो। बाबु–बाजेले पनि गर्थे। हामीले खेल्दाखेल्दै सिकेको नि।’

उनी पनि अब मसँग गफिन थाले। भाँडालाई आकार दिइरहेको चक्र भने घुमाइरहेका छन्।

उनका बाजे बिहानैदेखि भाँडा बनाउन बस्थे। उनी स्कुल जाने समयबाहेक बाजेसँगै हुन्थे। जब भाँडा बनाउन जान्ने भए, उनले स्कुल नै छाडिदिए। तर, उनले छोराछोरीलाई भाँडा बनाउन सिकाए पनि स्कुल छाड्न दिएनन्। उनका दुई छोरा रुपेश र रुपेन बाबुआमासँगै भाँडा बनाउँछन्। जेठा छोरा रुपेशले त सिभिल इन्जिनियर (स्नातक) गरिसकेका छन्।

रुपेश अहिले पुर्ख्यौली पेसालाई आधुनिकीकरण गर्ने सोचमा छन्। त्यसपछि अन्तरराष्ट्रिय बजार पनि खोज्न सकिने उनको विश्वास छ। अहिले पनि माटाबाट बनेका सजावटका सामग्री विदेश गइरहेकै छन्। देवीदेउताका मूर्ति पनि विदेशबाट माग हुन्छ। यसलाई नियमित र व्यवस्थित गर्ने रुपेशको सोच छ।

दाइको सोचलाई मूर्तरुप दिन रुपेनले पनि सघाइरहेका छन्। स्नातक पढ्दै गरेकी बहिनी पनि कलेज र पढाइको समयबाहेक उनीहरुलाई सघाउन आइपुग्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

नाति–नातिनी र छोरा–बुृहारीसँगै वृद्ध भएका बुवाआमा पनि माटोको काममै हुन्छन्। ७५ वर्ष नाघिसकेका विष्णुप्रसाद प्रजापति छोरा–नातिले झैँ जोशले चक्र घुमाउँछन्। ‘घरमा बसेर समय बित्दैन, जानेको काम गर्दा छोरा–नातिलाई सजिलो हुन्छ,’ विष्णु भन्छन्। स्वास्थ्यले साथ दिएसम्म समय कटाउन पनि काम गर्ने उनको सोच छ। तर, उमेर हुँदाजस्तो शक्ति कहाँ हुन्छ र?

उनले १० वर्षकै उमेरदेखि माटाका भाँडा बनाउन सिके। छोरा हुँदै नातिसम्मले यही पेसा अपनाएका छन्। अहिले त यसमा इज्जत पनि छ। नातिहरुले अब माटाका भाँडा विदेशतिर पनि बेच्ने कुरा गरेको सुन्दा उनलाई पुर्खाले राम्रै बाटो लगाइदिएका रहेछन् भन्ने लाग्दो रहेछ।

पुर्ख्यौली पेसालाई आधुनिकीकरण गर्न युवा पुस्ता नै अगाडि सरेपछि विष्णुप्रसाद जस्तै बुद्धिराम पनि मक्ख छन्। उनको पालामा जस्तो अहिले खुुम्चिएर काम गर्नुपर्दैन। सबैले आफ्नो काममा गर्व गर्छन्। त्यसैले परिवारै लागेका छन्। 

उनी केटाकेटी हुँदाको त कुरै बेग्लै। कहाँ यस्तो थियो र?

उनका लुगामा माटो दलिएकै हुन्थ्यो। अनि, साथीभाइले जिस्काउँथे। ‘माटो खेलाउँदा गनाउँदैन?’ भनेर सोध्ने पनि थिए। 

‘नेवारको छोरो भएर यस्तो काम नगर। बुवा–बाजेले गरे भन्दैमा त्यही काम गर्नुपर्छ भन्ने छैन, छाडिदेऊ,’ भन्नेहरु पनि थिए। तर, उनले छाडेनन्। यही पेसा गरिरहे। बरु बिहे गरेपछि श्रीमती मायादेवीलाई पनि भाँडा बनाउन सिकाए। माइतीतिरका परिवारले कहिल्यै नगरेको काम उनले घरमा सिकिन्। अनि श्रीमान्–श्रीमतीले मिलेर माटाका भाँडा बनाएरै जीविका चलाए।

बिहे गरेकै तीन दशक नाघेको छ। बुद्धिरामको उमेरले पाँच दशक नाघिसकेको छ। तर, उत्तिकै जोश–जाँगरमा काम गरिरहेका छन्।

कारखाना सुविधासम्पन्न भने छैन। दुःख छ। जस्ताको छानो। बाहिर टन्टालापुर घाम। जीउबाट पसिना बगेको छ। माटो ल्याउने, छान्ने, मुछ्ने गरीसकेपछि चक्र घुमाउन थाल्छन्। काममा बाँडफाँड छ।

माटाका भाँडा बनाएपछि पहिला शीतलमा सुकाउनुपर्छ। अनि भट्टामा पोल्नुपर्छ। 

भाँडा पोल्ने भट्टा निर्माण समिति बनाएका छन्। भक्तपुर दरबार स्क्वायर क्षेत्रमै पर्ने पोटरीमा समितिका तीन वटा सामूहिक भट्टा छन्। सानो भट्टा प्रयोग गर्दा ७०० र ठूलो भट्टा प्रयोग गर्दा ९०० रुपैयाँ तिर्नुपर्छ। उनीहरु हाँडी, अम्खोरा, खुत्रुक्के, करुवा, गमला, दीयो, पानस, घ्याम्पा, गाग्री, गिलास, झम्मर, धुपौरो र देवीदेवताका मूर्ति बनाउँछन्।

‘सामाजिक काम र धार्मिक अनुष्ठानमा माटोका भाँडा अनिवार्य चाहिन्छन्। च्यामासिङ र ठिमीमा पनि माटोका भाँडा बनाइन्छ,’ बुद्धिराम भन्छन्, ‘अहिले बजार छ, बिक्दैन भन्नुपर्दैन।’

बाजे र बाबुकै पालासम्म पनि माटाका भाँडा चल्थ्यो। बिक्री राम्रो थियो। तर, विस्तारै धातु र प्लास्टिकका भाँडा बढी चल्न थाले। माटोका भाँडाको प्रयोग कम हुन थाल्यो। 

कुनैबेला काठमाडौँ उपत्यकामा माटोकै भाँडा बढी चल्थ्यो। ‘त्यो हाम्रो बाजेभन्दा अगाडिको बेलाको कुरा हो,’ बुद्धिरामले भने। बाजे र बाबुकै पालासम्म पनि माटाका भाँडा चल्थ्यो। बिक्री राम्रो थियो। तर, विस्तारै धातु र प्लास्टिकका भाँडा बढी चल्न थाले। माटोका भाँडाको प्रयोग कम हुन थाल्यो। 

त्यतिबेला उनका साथी कामका लागि विदेशिँदै थिए। उनलाई पनि जाऊँ कि जस्तो नलागेको होइन। तर, पेसा छाड्न सकेनन्। माटाका भाँडा नबिके पनि मूर्तिहरु बिक्थ्यो। खास चाडपर्वमा माटाका भाँडाको माग राम्रै हुन्थ्यो। उनी यही काममा रमाइरहे।

अहिले मान्छेहरु माटाका भाँडा र मूर्तिका लागि उनलाई खोज्दै आइपुग्छन्। आम्दानी घटेको छैन। बरु उनको परिवारलाई माग धान्न भ्याइ नभ्याइ छ। काठमाडौँ मात्र होइन पोखरा, धरान, विराटनगर, नेपालगञ्जबाट समेत माग आउँछ। छोराहरु विदेशमा बजार खोजिरहेकाले कारखानाको पनि आधुनिकीकरण होला भन्ने आशामा छन्, उनी। ‘आजकल त यो पेसा सफल भएको देखेर तारिफ गर्नेहरु पनि छन्। उनीहरु माटोको मूर्ति बनाइमाग्दै आउँछन्,’ बुद्धिराम भन्छन्।

साना–साना भाँडा दिनमा ५०० वटासम्म बनाउँछन्। ठूला भाँडा र मूर्ति बनाउन समय लाग्छ। एक जनाको कमाई महिनामा २५ देखि ३० हजार रुपैयाँसम्म हुन्छ। परिवारका सातै जनाले काम गर्दा मासिक साढे दुईदेखि तीन लाखसम्म कमाइ हुन्छ।

अहिले त उनका छिमेकीहरुले समेत यो पेसा गर्न थालेका छन्। उनीहरुलाई लकडाउनले पनि प्रभाव पारेन। माग आइरह्यो, काम भइरह्यो। आम्दानी पनि घटेन।

‘यसैबाट राम्रो कमाइ भइरहेको छ। उहिल्यै विदेशिएको थिएँ भने त राम्रो नहुने रहेछ,’ त्यति बेला आफूले गरेको निर्णय अहिले उनलाई ठीक लागेको छ।

तर, भाँडा र मूर्ति बनाउने माटो खोज्न हैरानी छ। उनी भक्तपुरको दुवाकोट, काठमाडौँको साँखु र ललितपुरका गाउँसम्म पुगेर माटो संकलन गर्छन्। राम्रो माटो नचिने भाँडा बिग्रिन्छन्।

कुमाल सुमदायको पुर्ख्यौली पेसा नै माटोको भाँडा बनाउने हो। तर, नेवारभित्र पनि पुर्ख्यौली रुपमा यो पेसा अपनाउने समुदाय छन् भन्ने थोरैलाई मात्र जानकारी भएको बुद्धिराम बताउँछन्। उनी भन्छन्, ‘अहिले छोराहरुले पनि यो पेसा अपनाएपछि म खुसी छु, अब यसैमा टिक्न उनीहरु बजार खोज्दै छन्। अझै राम्रो हुँदै जाला नि।’

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग शनिबार, असोज ३, २०८३
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्