काठमाडौं– जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन ६९ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ।
चीनले हालसम्म ३१ स्वर्ण, २१ रजत र १६ कास्य पदक प्राप्त गरेको छ। पदक तालिकाको दोस्रोमा अमेरिका तथा तेस्रो स्थानमा जापान रहेका छन्।
अमेरिकाले २४ स्वर्ण, २८ रजत र २१ कास्य पदक प्राप्त गरेको छ भने जापानले १९ स्वर्ण, ६ रजत र ११ कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै अस्ट्रेलिया १४ स्वर्ण, ४ रजत र १६ कास्य पदक प्राप्त गर्दै चौंथो स्थानमा उक्लेको छ।
यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा झरेको छ। उसले १३ स्वर्ण, २१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ।
बेलायत १३ स्वर्ण, १७ रजत र १३ कास्यसहित छैटौं स्थानमा रहेको छ भने जर्मनी ८ स्वर्ण, ८ रजत र १४ कास्यका साथ सातौं स्थानमा उक्लिएको छ। ६ स्वर्ण, १० रजत र ८ कास्य पटक जित्दै फ्रान्स आठौं स्थानमा रहेको रहेको छ।
नेदरल्याण्डस् ६ स्वर्ण, ८ रजत र ७ कास्यका साथ पदक तालिकाको नवौं स्थानमा रहेको छ भने दक्षिण कोरिया ६ स्वर्ण, ४ रजत र ९ कास्यका साथ १०औं स्थानमा रहेको छ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७९ देशले पदक प्राप्त गर्न सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।