इस्लामाबाद- पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफ पाकिस्तानको भ्रष्टाचार हेर्ने एक अदालत सामु उपस्थित भएका छन्।
भ्रष्टाचार आरोपमा दुई महिनाअघि बर्खास्त गरिएका पूर्व प्रधानमन्त्री सरिफ सोमबार दोस्रो पटक सो अदालतसामु उपस्थित भएको पाकिस्तानको राजधानी इस्लामाबादबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उनी सोमबार बिहान अदालत उपस्थित हुँदा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो।
अदालत परिसरलाई प्रहरीले घेरा हालेको थिए। सुरक्षा घेराबाहिर उपस्थित समर्थकहरुले उनको पक्षमा नाराबाजी लगाएका थिए।
उनीहरुले पूर्व प्रधानमन्त्री सरिफ दोषी रहेको, उनले भ्रष्टाचार नगरेको तर राजनीतिक प्रतिशोधका आधारमा दोषी बनाइएको भन्दै नाराबाजी गरिरहेका थिए।
उनीमाथि भ्रष्टाचारको आरोपमा छानबिन सुरु भएको लामो समयपछि सर्वोच्च अदालतले गत जुलाई महिनामा उनलाई पदमा बसिरहन नैतिकताको आधारमा नमिल्ने भन्दै बर्खास्त गरेको थियो।
त्यसयता पनि उनीविरुद्ध अनुसन्धान जारी छ । सम्भवतः उनीमाथि जेल सजाय हुनसक्ने अनुमान गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।