काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) फ्लोर क्रस गरेर माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिने कर्णालीका चार सांसदमाथि एमालेले गरेको कारबाही वैधानिक, पुनर्बहालीको माग गरेको माओवादी केन्द्रका ४ पूर्व सांसदको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार
२) दशौं महाधिवेशनको तयारीमा रहेको एमालेले गर्यो ९ वटा विभाग गठन, नेपाल पक्षबाट आउनेहरुलाई ठाउँ खाली राखेको प्रवक्ता प्रदीप ज्ञवालीको भनाइ, नेपालपक्षलाई नकुर्ने तर जोडिन चाहनेलाई जिम्मेवारी दिने संकेत
३) निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको दर बढ्दो, अस्पतालका कोभिड शय्या भरिन थालेको भन्दै चिकित्सकहरुको चेतावनी, सोमबार मात्रै थपिए ३ हजार १२५ कोरोना संक्रमित
४) म्यासेन्जर च्याट सेवा दिँदै आएको टेलिग्राम एपले भिडियो कुराकानी सेवा सुरु, एकै पटक एक हजार जनासम्मले भिडियो कुराकानी गर्न मिल्ने व्यवस्था
५) र, आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएको बताउँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् मागे माफी, आफूले कोही कसैप्रति पनि गलत नियत नराखेको बताउँदै नेपाली टिम अघि बढ्नेमा आशावादी रहेको भनाइ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।