काठमाडौं- अभिनेत्री शिल्पा शेट्टीले आफ्ना पति र व्यवसायी राज कुन्द्राको गिरफ्तारपछि पहिलोपटक सार्वजनिक भनाइ सार्वजनिक गरेकी छन्।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत उनले आफूमाथि मिडिया ट्रायल हुन नहुने र मुम्बइ प्रहरी र न्यायपालिकामाथि पूर्ण भरोसा रहेको बताएकी छिन्।
उनले लेखेकी छिन्, "पछिल्लो केही दिन हाम्रा लागि हरेक मोर्चा चुनौतीपूर्ण रहे। धेरै अफवाह र आरोप लागे। मिडियाले निकै आरोप लगाए, ट्रोल भए, प्रश्नहरु गरिए... केवल मलाई मात्र होइन मेरो परिवारलाई पनि।"
उनले अदालतमा मुद्दा विचारधीन रहेकाले आफूले नबोलेको र नबोल्ने बताइन्। उनले आफ्नाबारे नक्कली वयानबाजी नगर्न अपिल गरेकी छिन्।
पोस्टमा उनले परिवार र आफ्नो व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेकी छिन्। "हाम्राबारेमा मीडिया ट्रायल हुनु हुँदैन। कृपया कानुनलाई आफ्नो काम गर्न दिनू, 'सत्यमेव जयते'।"
शिल्पा शेट्टी मीडियाविरुद्ध अदालत पनि पुगेकी थिइन् तर बम्बे हाई कोर्टले गत हप्ता उनको आग्रहलाई अस्वीकार गर्दै कुन्द्राकी पत्नी अभिनेत्री शिल्पा शेट्टीका बारेमा समाचार दिन रोक लगाउनाले प्रेस स्वतन्त्रामा गम्भीर असर पर्ने बताएको थियो।
शिल्पा शेट्टीले आफ्नो याचिकामा परिवारको बारेमा मानहानी गर्ने लेख प्रकाशित भइरहेको उल्लेख गरेकी थिइन्। तर अदालतले शेट्टी उल्लेख गरेको लेखले मानहानी भएको प्रतीत नहुने बताएको थियो।
शिल्पा शेट्टीका पति कुन्द्रालाई एक अदालतले गत हप्ता मंगलवार २७ जुलाईमा १४ दिनको न्यायीक हिरासतमा पठाएको थियो।
कुन्द्रालाई २२ जुलाईमा गिरफ्तार गरिएको थियो। त्यसपछि उनी प्रहरी हिरासतमा छन्। कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका हुन्। प्रहरीले उनकाविरुद्धमा पर्याप्त प्रमाण रहेको बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।