काठमाडौं- जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ।
चीनले हालसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन्।
अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ कास्य पदक प्राप्त गरेको छ भने जापानले १७ स्वर्ण, ५ रजत र नौ कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै अस्ट्रेलिया १४ स्वर्ण, ३ रजत र १४ कास्य पदक प्राप्त गर्दै चौंथो स्थानमा उक्लेको छ।
यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा झरेको छ। उसले १२ स्वर्ण, १९ रजत र १३ कास्य पदक प्राप्त गरेको छ।
बेलायत १० स्वर्ण, १० रजत र १२ कास्यसहित छैठौँ, फ्रान्स ५ स्वर्ण, १० रजत र ६ कास्यका साथ सातौँ, दक्षिण कोरिया ५ स्वर्ण, ४ रजत र ८ कास्य जित्दै आठौँ, इटाली ४ स्वर्ण, ८ रजत र १५ कास्यका साथ नवौँ तथा नेदरल्याण्डस् ४ स्वर्ण, ७ रजत र ६ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको छ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७६ देशले पदक प्राप्त गर्न सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।