काठमाडौं- भेनेजुएलाकी युलीमार रोजासले महिला त्रिपल जम्पमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्।
टोकियो ओलम्पिक अन्तर्गत त्रिपल जम्पमा आइतबार रोजासले १५.६७ मिटर जम्प गर्दै विश्व कीर्तिमान बनाएकी हुन्।
ओलम्पिक स्टेडियममा रोजासले युक्रेनी खेलाडी इनिसाले सन् १९९५ मा बनाएको १५.५० मिटरको कीर्तिमान भङ्ग गरेकी हुन्।
रोजास ओलम्पिकमा भेनेजुएला लागि स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडीसमेत हुन्।
पोर्चुगलका मामोना प्याट्रिसियाले १५.०१ मिटरसहित रजत जितिन्। स्पेनकी पेलेट्रियो अनाले १४.८७ मिटर जम्प गर्दै कास्य जितिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।