काठमाडौं- इटालीका मार्सेल ज्याकोब्सले स्वर्ण पदक जितेका छन्।
टोकियो ओलम्पिक २०२० अन्तर्गत आइतबार भएको एथ्लेटिक्सको पुरुष १०० मिटर दौडमा मार्सेलले ९.८०* सेकेन्डसहित स्वर्णपदक जितेका हुन्।
९.८४ सेकेन्डमा दूरी पूरा गरेका अमेरिकाका फ्रेड केर्लीले रजत पदक र ९.८९ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका क्यानडाका आन्द्रे डे ग्रासेले कास्य पदक जिते।
यसअघि १०० मिटरमा जमैकन धावक उसेन बोल्टले वर्चश्व कायम राख्दै आएका थिए। उनले लगातार तीन वटा ओलम्पिकमा स्वर्ण जितेका थिए।
बोल्टको नाममा ९.५८ सेकेन्डसहित विश्व कीर्तिमान र ९.६३ सेकेन्डसहित ओलम्पिक कीर्तिमान रहेको छ। उनले गत रियो ओलम्पिकपछि सन्यास लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।