काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएकी छन्।
नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम सरकारको सिफारिसमा शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी तोकेकी हुन्। शर्माले यही साउन २६ गतेबाट उक्त जिम्मेवारी सम्हाल्ने राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
प्रधानसेनापती पूर्णचन्द्र थापाले आगामी भदौ २४ गतेबाट अनिवार्य अवकाश लिने हुँदा उनी यही साउन २५ गतेबाट बिदामा बस्ने भएकाले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।