१) जयसिंह धामीको घटनाबारे दार्चुला जिल्ला प्रशासनद्वारा भारतसँग जानकारी माग, घटना छानबिनकै क्रममा रहेको भन्दै दुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका सूचना सम्प्रेषण नगरिदिन आग्रह। (दार्चुला घटनाबारे भारतसँग जानकारी माग)
२) १३ हजार ५१९ जना परीक्षण गर्दा तीन हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु, एक हजार ९१६ जना कोरोना संक्रमणमुक्त। (तीन हजार १०६ जनामा कोरोना पुष्टि)
३) माधव नेपालजस्ता देशद्रोहीलाई पार्टीमा कुनै ठाउँ नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, ‘मुख्य-मुख्य अपराधी’ बाहेक अरु भने पार्टीमा फर्किनसक्ने तर्क। (ओलीद्वारा नेपाललाई देशद्रोहीको संज्ञा)
४) विदेशी पत्रकारमाथि जासुसी, उत्पीडन र उनीहरुलाई डराउने धम्क्याउने घटना बढेको अमेरिकाको आरोपप्रति चीनको प्रतिक्रिया, प्रेस स्वतन्त्रताबारे अमेरिकाले पहिला आफूलाई हेर्नुपर्ने सुझाव। (अमेरिकाको आरोपप्रति चीनको प्रतिक्रिया)
५) र, फुटबल प्रशिक्षकले सतहमा ल्याएको एन्फा-राजनीति : विधानविपरीत विवाद सुल्झाउने जिम्मा मन्त्रीलाई, बैठकमा मनोनीत पदाधिकारीलाई ‘नो इन्ट्री’, अलमुताइरीलाई कारबाही गर्न अस्वीकार। (फुटबल प्रशिक्षकले सतहमा ल्याएको एन्फा-राजनीति)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।