काठमाडौं- जापानमा चलिरहेको टोकियो ओलम्पिकमा चीन २१ स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ। चीनले २१ स्वर्ण, १३ रजत र १२ कास्यसहित कुल ४६ पदक जितेको छ।
यस्तै दोस्रो स्थानको जापानले १७ स्वर्ण, ५ रजत र ८ कास्यसहित ३० पदक जितेको छ।
१६ स्वर्ण, १७ रजत र १३ कास्य गरी ४६ पदकका साथ अमेरिका तेस्रो स्थानमा छ। चौथो स्थानको रुस ओलम्पिक कमिटीले ११ स्वर्ण, १५ रजत र ११ कास्य गरी ३७ पदक जितेको छ।
१० स्वर्ण, ३ रजत र १४ कास्य गरी २७ पदकका साथ अष्ट्रेलिया पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।