काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) माओवादी केन्द्रले संसदमै उठायो न्यूनतम साझा कार्यक्रम, आचारसंहिता र संयुक्त संयन्त्रको विषय, सत्तारुढ गठबन्धनका सांसदहरुले सरकारलाई असफलल हुने छुट नभएको भन्दै आफ्नै सरकारलाई खबरदारी
२) नेपालमा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, नेपालमा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या पुग्यो ९ हजार ८ सय ३४ ।
३) जसपा आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षद्वारा सर्वोच्चमा रिट दायर, जसपाको महन्थ पक्षबाट मन्त्री बनेको लुम्बिनीका तीन सांसद पदबाट मुक्त
४) कोरोना रोकथामका लागि जारी गरिएको लकडाउन उल्लंघन गरेपछि अस्ट्रेलियाली सरकारले सिड्नीमा सेना परिचालन, डेल्टा भेरियन्टका कारण ३ हजार संक्रमित भएपछि सड्नी लगायत जोखिम क्षेत्रमा लकडाउन
५) र, एथलेटिक्स खेलाडी सरस्वती चौधरी पनि टोकियो ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिइन्, नेपालको पाँचै खेलाडि पार गर्न सकेनन् पहिलो चरण, १८ स्वर्ण, ९ रजत र ११ कास्यसहित ३८ पदक जितेको चिन शिर्ष स्थानमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।