काठमाडौं- जापानमा जारी टोकियो ओलम्पिक २०२० मा यो समाचार तयार पार्दासम्म चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ। चीनले हालसम्म १८ स्वर्ण, ९ रजत र ११ कास्यसहित ३८ पदक जितेको छ।
यता, १६ स्वर्ण जितेको आयोजक जापान भने दोस्रो स्थानमा रहेको छ। जापानले ४ रजत र ७ कास्यसहित २७ पदक जितेको छ। तेस्रो स्थानमा रहेको अमेरिकाले हालसम्म १४ स्वर्ण, १६ रजत र ११ कास्यसहित कुल ४१ पदक जितेको छ।
यस्तै, ओलम्पिकको झन्डामुनी रहेर सहभागिता जनाएको रुस चौथो स्थानमा रहेको छ। हालसम्म रुसले १० स्वर्ण, १३ रजत र १० कास्यसहित ३३ पदक जितेको छ।
९ स्वर्ण, २ रजत र ११ कास्यसहित २२ पदक जितेको अष्ट्रेलिया पाँचौं स्थानमा छ। यता, बेलायत ६ स्वर्ण, ९ रजत र ९ कास्यसहित २४ पदक जित्दै छैठौं स्थानमा रहेको छ।
यस्तै, दक्षिण कोरिया, नेदरल्याण्ड्स र फ्रान्स क्रमश: सातौं, आठौं र नवौं स्थानमा रहेका छन्।
दक्षिण कोरियालले हालसम्म ५ स्वर्ण, ४ रजत र ६ कास्यसहित १५ पदक जितेको छ। यता, नेदरल्याण्ड्सले ३ स्वर्ण, ७ रजत र ५ कास्यसहित १५ पदक जितेको छ।
फ्रान्स ३ स्वर्ण, ५ रजत र ५ कास्यसहित १३ पदक जित्दै नवौं स्थानमा रहेको छ। यता, दशौं स्थानमा रहेको जर्मनीले ३ स्वर्ण, ४ रजत र ८ कास्यसहित १५ पदक जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।