काठमाडौं- माओवादी केन्द्रले सदनमै न्यूनतम साझा कार्यक्रम, आचारसंहिता र संयुक्त संयन्त्रको विषय उठाएको छ। नयाँ सरकार गठन भएदेखि नै यस विषयमा जोड दिएको सो पार्टीले सदनमार्फत यस विषयलाई प्रस्ताव गरेको हो।
'एउटा न्यूनतम साझा कार्यक्रम, न्यूनतम साझा आचारसंहिता र सरकार सञ्चालनका लागि एउटा संयुक्त संयन्त्र निर्माण गरेर चाँडोभन्दा अगाडि बढौं। यतिखेर लोक-वाम प्रजातान्त्रिक एकताको एउटा माहोल बनेको छ। यसलाई अझ व्यवस्थित गरौं', माओवादी केन्द्रका सांसद् तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार प्रतिनिधि सभामा बोल्दै भने।
उनले २०७२ को संविधान लगत्तै त्यो अवलम्बन गर्नुपर्ने भए पनि कमीहरु भएको बताए। 'नयाँ परिस्थिति आएको छ। फेरि एकपटक त्यसलाई व्यवस्थित गरेर लैजानुपर्ने आवश्यकता छ। यो क्षेत्रमा पनि पर्याप्त बहस होस्', उनले भने।
केही दिनअघि सत्ताधारी दलहरुले सात सदस्यीय कार्यदल भने गठन गरेका छन्। त्यसमार्फत न्यूनतम साझा कार्यक्रम ल्याउने दलहरुको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।