काठमाडौं- नेकपा (एमाले)का सांसद भीम रावलले एमसीसीसँग जोडिएका सबै सम्झौता प्रतिनिधि सभामा पेस गर्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले उक्त माग गरेका हुन्।
‘एमसीसीको मूल सम्झौता मात्रै यहाँ पेश भएको छ, संसद बैठमा रावलले भने, सँगसँगै थुप्रै गोप्य सम्झौता भएका छन् ति सबै सार्वजनिक गरियोस्।’
आफू तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलमा रहँदा एमसीसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको भन्दै रावलले कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको बताए।
देशको राजनीतिक विकास क्रममा देशले पटकपटक असमान सन्धी सम्झौताहरु र अपमान रुपमा व्यहोर्नु परेको र त्यसका घाउहरु रहिरहेको उनको भनाइ छ।
राजनीतिक परिवर्तन र सरकार परिवर्तन हुँदा देशको सार्वभौमसत्ता ओझेलमा पार्दै असमान सन्धी सम्झौता हुँदै आएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।