काठमाडौं– नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताको बैठक बस्दै छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ११ बजे बस्ने बैठकले क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनले छाडेका विषय टुंगो लगाउने जनाइएको छ।
बैठकमा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायत नेता सहभागी हुनेछन्। बैठकमा समितिका संयोजक रमेश लेखकसमेत सहभागी हुनेछन्।
यसअघि बसेको पार्टी पदाधिकारी बैठकले विदादित स्थानको क्रियाशील सदस्यतासम्बन्धी विवादको समाधान निकाल्न शीर्ष तहका नेतालाई पाँच दिनको समयावधि दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।