काठमाडौं– टोकियो ओलम्पिक खेलमा सहभागी सबै नेपाली खेलाडी बाहिरिएका छन्। आज (शुक्रबार) बिहान भएको अन्तिम प्रतिस्पर्धामा एथलेटिक्स खेलाडी सरस्वती चौधरी पनि पहिलो चरणबाटै बाहिरिएकी हुन्।
महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी चौधरीले निर्धारित दूरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरिन्।
सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन्। ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ती मध्ये कुनै खेलाडी पनि दोस्रो चरणमा पुग्न सकेनन्।
यसअघि पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।