काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) न्यायाधीश नियुक्तिदेखि नै अदालतमा भ्रष्टाचार सुरू हुने सर्वोच्च अदालतले गठन गरेको समितिको अध्ययन निष्कर्ष, न्यायाधीश नै विचौलिया : पत्रकारदेखि वकिलसम्मले गर्छन् न्यायको ‘किनबेच’मा चलखेल ।
२) ज्ञानेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयमा ल्याएर भुसाललाई कानुनमन्त्री बनाउने देउवाको तयारी, मन्त्री र राज्यमन्त्री फरक समूहबाट हुँदा असहयोगको आकलन गर्दै एउटै पक्षबाट मन्त्री बनाउने सम्भावना ।
३) लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन सभामुख र प्रस्तावित मुख्यमन्त्री काठमाडौंमा, राजनीतिक भेटघाटसँगै उपचारका लागि काठमाडौं आएको सभामुख घर्तीका स्वकीय सचिवको प्रतिक्रिया ।
४) देशको सबैभन्दा ठूलामध्ये चर्चित चिनियाँ अर्बपतिलाई १८ वर्षको जेल सजाय, मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयहरूका बारेमा आफ्ना भनाइहरु राखेको आरोप ।
५) र, एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङसहित दुई सञ्चारकर्मीमाथि छानबिन गर्न अलमुताइरीले दिए निवेदन, गत शुक्रबार दुई सञ्चारकर्मीबीच भएको विवादमा वरिष्ठ उपाध्यक्ष नेम्वाङको भूमिका रहेको अलमुताइरीको आरोप ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।