File Photo: Jalaa Marey/AFP]
काठमाडौं- इजरायली सैनिकले आफ्नो कब्जामा रहेको वेस्ट बैंकमा मारिएका बालकको शव यात्रामा सहभागी प्यालेस्टिनीमाथि अश्रुग्यास, रबरको गोली र स्टन ग्रेनेड प्रहार गरेका छन्।
वेस्ट बैंकको बेट उम्मार सहरमा बुधबार आफ्नो बुबा हेब्रोनसँग कारमा यात्रा गरिरहेका १२ वर्षका मोहम्मद अल अलामीलाई इजरायली सैनिकले गोली हानेर हत्या गरेका थिए।
बिहीबार बालकको शव यात्रालाई रोक्न खोज्दा इजरायली प्रहरी र प्यालेस्टिनी नागरिकबीच झडप भएको थियो।
इजरायली प्रहरीले अश्रुग्यास प्रहार गर्न थालेपछि सयौं प्यालेस्टिनीहरुले ढुङ्गामुढा गरेका थिए।
उक्त झडपमा एक प्यालेस्टिनी किशोरी गम्भीर घाइते भएको इजरायली अखबार हारारेजले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।