काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरो प्रभावित क्षेत्रमा राहतसहित प्राविधिक अध्ययन टोली पठाउन निर्देशन दिएका छन्।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिईओ डा अनिल पोखरेललाई बिहीबार उक्त निर्देशन दिएका हुन्।
सिन्धुपाल्चोक, मनाङ, गोरखालगायतक बाढीपहिरो प्रभावित क्षेत्रमा सडक पुलमा क्षति पुर्याएका कारण आवतजावत रोकिएकाे छ।
उक्त क्षेत्रमासमेत हेलिकप्टरबाट खाद्यान्न, औषधीलगायत अत्यावश्यक राहत पुर्याउँदै सहज आपुर्तिको व्यवस्था मिलाउन गृहमन्त्री खाणले निर्देशन दिएका छन्।
यस्तै, उनले बाढीपहिरो प्रभावित क्षेत्रको अध्ययनका लागि छिटो प्राविधिक अध्ययन टोली खटाउन निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।