• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३ Fri, Nov 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपाललाई थापाथलीमा कुर्दै ओली, बालुवाटारमा देउवा

64x64
नेपाल लाइभ बिहीबार, साउन १४, २०७८  २१:२४
1140x725

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार र बिहीबार थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय पुगे। तत्कालीन नेकपामा र नेकपा विघटनपछि एमालेमा विवाद चुलिएपछि धुम्बाराहीको कार्यालयको साटो थापाथलीलाई मुकाम बनाउने निर्णय भएपछि कार्यालय उद्घाटन गर्दाबाहेक ओली त्यहाँ पुगेका थिएनन्। गत असार २९ गते प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी पहिलोपटक बालकोटबाट थापाथली पुगेका थिए।

थापाथलीमा दुई दिन रहँदा उनले आफुनिकट नेताहरुसँग एमालेलाई एकताबद्ध गर्न सबै प्रयत्न गरिरहेको सुनाए। अझै पनि प्रयत्न जारी राखिने तर, एकता प्रयासका लागि भनेर अब पार्टीका गतिविधि रोक्न नसकिने भन्दै सकेसम्म छिटो एकता प्रयास टुंग्याउन उनले आफूनिकट नेताहरुलाई निर्देशन दिएका छन्। 

त्यहीअनुसार एमाले संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर कुरा गरेका छन्। आफूले नेपाललाई भेटेर अध्यक्ष ओली एकताका निम्ति प्रयासरत रहेको र भेटेर कुरा गर्न आग्रह गरेको उनले बताएका छन्।

थापाथलीमा ओलीले महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य विष्णुप्रसाद पौडेल तथा नेम्वाङलाई यसका लागि पहल अघि बढाउन र शनिबारसम्म यो प्रक्रियालाई टुंग्याउनेगरी काम गर्न भनेका थिए। 'अब हामी प्रतिपक्षी दल हौं, धेरै अल्मलिएर, पार्टीका गतिविधि खुम्च्याएर हुँदैन, प्रतिपक्षका रुपमा पार्टीलाई चलायमान बनाएर हिड्नुपर्छ', ओलीको भनाई उद्धृत गर्दै एक नेताले भने, 'कार्यदलले १० बुँदे सहमति गरिसकेको छ, त्यसलाई आधार मानेर अघि बढौं भनेर मैले भनेकै छु, अहिलेसम्म समय दिएकै छु, दोस्रो अध्यक्ष बनाउन पनि प्रस्ताव गरेकै छु। यदि उहाँ (माधव नेपाल)ले मान्दै नमान्ने हो भने बिस्तारै आउँदै गर्नुहोला, अरु साथीहरुसँग सल्लाह गरेर बैठक बोलाउनुपर्छ।'

ओलीले आउँदो शनिबारसम्म स्थायी कमिटीको बैठक डाक्न नेताहरुलाई भनिसकेका छन्। सकेसम्म त्यसअघि नै नेपालसँग संवाद गरेर उनलाई पनि बैठकमा सहभागी गराउने प्रयत्न गर्ने, नेपालसँग संवादको वातावरण नबने उनीनिकट नेताहरुलाई बैठकमा ल्याउने प्रयत्न गर्ने ओलीको तयारी छ।

Ncell 2
Ncell 2
nimb
nimb

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि अब चाँडै स्थायी कमिटी बैठक बस्ने बताए। 'एकताका लागि अध्यक्षले हदैसम्म पहलकदमी लिइरहनुभएको छ, तर अब धेरै लामो समयसम्म पर्खिरहने सोचाइमा उहाँ हुनुहुन्न', तामाङले भने, 'त्यसकारण अब छिटै बैठक बस्छ होला।'

एमालेमा समानान्तर गतिविधि जारी राखेका नेपाल भने अहिलेसम्म सत्तापक्षीय गठबन्धनसँग पनि टाढिएका छैनन्। बालुवाटारमा बस्ने सत्तापक्षीय गठबन्धनको बैठकमा उनले आफ्ना प्रतिनिधि पठाइरहेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको एक घटक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पनि नियमित भेटिरहेका छन्। बिहीबार बिहान मात्र पनि प्रचण्डले कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए।

प्रचण्डले दुई दिनअघि आफ्नो पार्टीको स्थायी कमिटी बैठकमा माधव नेपालपक्ष पनि सरकारमा सहभागी हुने ब्रिफिंग सुनाएका थिए। तर, नेपालपक्षमा सरकारमा सहभागी हुने वा नहुनेबारे एकमत छैन। केही नेताले सरकारमा जानुपर्ने आवाज उठाइरहेपनि धेरैजसोले भने त्यसको विपक्षमा मत राख्दै आएका छन्। नेपाल स्वयं पनि यो बेला पार्टीलाई एकताबद्ध गर्ने पहलमै जुट्नुपर्ने तर, सरकारमा जान नहुने मनस्थितिमा रहेको बताइन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपाली कांग्रेस र माओवादी केन्द्रले भने अझै पनि नेपालपक्ष सरकारमा सहभागी हुने आशा गरेका छन्। त्यहीकारण बिहीबार हुने भनिएको मन्त्रिपरिषद् बिस्तार रोकिएको छ। 

'उहाँहरु सरकारमा आउनुहोला भन्ने संकेत त केही देखिएको छैन, तैपनि उहाँहरु (माधव नेपालपक्ष)का लागि शुक्रबारसम्म कुर्ने कुरा भएको छ', प्रधानमन्त्री देउवानिकट कांग्रेसका एक नेताले भने, 'त्यसपछि भने उहाँहरु आए पनि नआए पनि मन्त्रिपरिषद् विस्तार हुन्छ।'

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  २१:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो
काठमान्डु गोर्खाजको सहज जित
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट
सम्बन्धित सामग्री
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो बिहीबार, कात्तिक १९, २०८३
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध र दुई देशबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ। बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ आईजीपीमा पुनरबहालीको माग गर्दै कार्कीले कानुन व्यवसायी टिकाबहादुर कुँवरमार्फत रिट दिएका हुन्। प्रशासनले उक्त रिट अध्ययनकै क्रममा रहे... बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो बिहीबार, कात्तिक १९, २०८३
काठमान्डु गोर्खाजको सहज जित बिहीबार, कात्तिक १९, २०८३
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्