काठमाडौं- जापानमा जारी टोकियो ओलम्पिक २०२० मा बिहीबारसम्मको खेल समाप्तिमा अमेरिकाले पदक तालिकामा अग्रता कायमै राखेको छ।
अमेरिकाले हालसम्म १४ स्वर्ण, १४ रजत र १० कास्यसहित कुल ३८ पदक जितेको छ।
यस्तै, ३१ पदकसहित चीन दोस्रो स्थानमा रहेको छ। चीनले १७ स्वर्ण, ७ रजत र ९ कास्य जितेको छ।
यस्तै, ओलम्पिकको झन्डामुनी रहेर सहभागिता जनाएको रुस २८ पदकसहित तेस्रो स्थानमा रहेको छ। रुसले हालसम्म ८ स्वर्ण, ११ रजत र ९ कास्य जितेको छ।
१५ स्वर्ण जितेको आयोजक जापान भने चौथो स्थानमा रहेको छ। जापानले ४ रजत र ६ कास्यसहित २५ पदक जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।