काठमाडौं- भारतीय महिला बक्सर मेरी कोम टोकियो ओलम्पिक २०२० काे क्वार्टरफाइनलबाट बाहिरिएकी छिन्।
बिहीबार भएको महिला ५१ केजी तौल समूहमा पराजित हुँदै उनी प्रतियोगिताबाट बाहिरिएकी हुन्। उनी कोलम्बियाकी विटोरिया वेलेन्सियासँग ३-२ ले पराजित भएकी हुन्।
३८ वर्षीय मेरी कोम अहिलेसम्म ६ पटक विश्व च्याम्पियन रहिसकेकी छिन्। सन् २०१२ को लण्डन ओलम्पिकमा उनले स्वर्ण पदक जितेकी थिइन्।
मेरी कोमसँग भिडेकी २३ वर्षकी हर्नान्डेजले २०१९ मा पेन अमेरिकन कास्यपदक जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।