काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसिरहेको छ। प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको निजीनिवास बूढानीलकण्ठमा जारी छ।
दिउँसो २ बजे सुरु हुने भनिएको बैठक केही ढिलागरी सुरु भएको हो। आजको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष पेश गरेको प्रतिवेदनमा अझै केही मिलाउन सकिने विषय रहेकाले त्यसलाई मिलाउन भन्दै समितिलाई आज दिउँसो सम्मको समय उपलब्ध गराइएको थियो।
यसअघि बुधबार पनि देउवा निवास बूढानीलकण्ठमा करिब ४ घण्टा छलफल चलेको थियो। बैठकमा विशेष महाधिवेशनको विषयसमेत उठेको छ। आजको बैठकमा यो विषयले पनि प्रवेश पाउने जनाइएको छ।
समय प्रतिकूल रहेको कारण देखाउँदै संस्थापनइतर पक्षका नेताहरुबाट विकल्पमा विशेष महाधिवेशन गर्न सकिने विषय उठेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।