काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन जना सदस्य (सांसद)लाई पार्टीले कारबाही गरेकोबारे प्रदेश सभा सचिवालयलाई जानकारी गराएको छ।
जसपाले ४ जना प्रदेशसभा सदस्यहरुलाई कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो।
जसपाको लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता सहसराम यादवले प्रदेश सभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साललाई कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन्।
पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले उल्लेख गरेका छन्।
जसपाको पछिल्लो राजनीतिक विकासक्रम अनुसार उनीहरु विपक्षमा रहँदै सरकारमा सहभागी रहेका छन्। हालै मात्र निर्वाचन आयोजले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको छ।
निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाले महन्थ ठाकुर पक्षका सांसद र नेताहरुमाथि कारबाही अगाडि बढाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।