काठमाडौं- माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका कारण पार्टी कारबाहीमा परि लुम्बिनी प्रदेश सांसद पद गुमाएका दुई जनाले दर्ता गरेको रिट हेर्न नभ्याइनेमा परेको छ।
रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीले पद थमौतीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी रहेको मुद्दा हेर्न नभ्याउने हुँदै अर्को दिनका लागि सुनुवाई सरेको हो।
न्यौपाने र पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।