काठमाडौं– सांसद पदमा पुनर्बहालीको मागदाबीसहित नेकपा एमालेका ४ जना (पूर्व माओवादी) नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ।
प्रारम्भिक सुनुवाइका लागि बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएकामा सुनुवाइका लागि समयाभाव भएकाले हेर्न नभ्याइने सूचीमा परेको हो।
पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।