मकवानपुर- प्रधानमन्त्रीले केपी शर्मा ओलीले अर्थतन्त्रको अवस्था चौपट रहेको बताएका छन्।
हेटौंडामा प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओेलीले विगतको आर्थिक अनुशासनविहीनताले अर्थतन्त्रमा बेथिति आएको बताए।
‘यस वर्ष विकासका परियोजना सम्पन्न गर्न समस्या छ’, उनले भने। प्रधानमन्त्रीले आन्तरिक र बाह्य ऋणले आर्थिक सुधार गरिने बताए।
बजेटमा विनियोजित रकममा प्रदेशहरुले असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री ओलीले यो वर्ष माइनस वर्ष भएको बताए।
‘प्रदेशले चित्त दुखाउनु स्वाभाविक हो’, उनले भने, ‘आर्थिक सुधार गरी लक्षित वृद्धिदर हासिल गरिन्छ।’
प्रधानमन्त्री ओलीले सेयर बजार घट्नुको कारण पनि विगतको सरकारलाई दोष देखाए। उनले पुँजी बजार अस्वस्थ रहेकाले बजारमा तरलता आएको टिप्पणी समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।