काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्।
बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो। सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बस्ने भनिए पनि बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल मात्र भएको थियो।
त्यहाँबाट फर्केलगत्तै प्रचण्ड कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए। नेता नेपालको सचिवालयले भने प्रचण्ड बाटो पर्यो भनेर पसेको र एकैछिन कुराकानी गरेर निस्किएको जानकारी दियो।
प्रधानमन्त्री देउवा मन्त्रिपरिषद्लाई पूर्णता दिन जुटिरहेका छन्। दुईदिन अघि आफ्नो पार्टीको स्थायी कमिटी बैठकमा प्रचण्डले एमालेको माधव नेपाल पक्ष पनि सरकारमा सहभागी हुने ब्रिफिङ सुनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।