फाइल तस्वीर।
काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समितिको बैठक बसिरहेको छ।
ललितपुरको तुलसीलाल स्मृति प्रतिठानमा दिउँसो साढे १२ बजेदेखि बैठक जारी रहेको नेता प्रकाश अधिकारीले बताए।
बैठकमा सरकारमा सहभागी हुने नेताका विषयमा छलफल गर्ने बुझिएको छ। जसपाले ७ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ।
तर, यस विषयमा सत्ता गठबन्धनमा सहमति जुटिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।