फाइल तस्वीर
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनका लागि प्रधानमन्त्रीलाई सक्षम सहयोगीहरु चाहिने बताएका छन्।
बिहीबार राष्ट्रिय बाघ संवाद कार्यक्रम बोल्दै नेता नेपालले प्रधानमन्त्रीमात्रै भएर काम पर्याप्त नहुने भन्दै त्यसका लागि सहयोगी र सहयोद्धाहरु पनि त्यस्तै काबिल चाहिने बताएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्झाउँदै वरिष्ठ नेता नेपालले भने, 'सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्रै भएर पर्याप्त हुँदोरहेनछ। सहयोगी र सहयोद्धाहरु पनि त्यस्तै काबिल चाहिन्छ। समर्पित चाहिन्छ। सिर्जनात्मक चाहिन्छ।'
आफू प्रधानमन्त्री हुँदा प्रकृति संरक्षणको सन्दर्भमा केही कामहरु हुन गएकोप्रति आफूलाई आनन्द र गौरवबोध हुनेगरेको नेता नेपालले बताए।
राम्रो सहयोद्धा नपाएको भए यो सम्भव नहुने उनको भनाइ छ। 'दीपक बोहोरा जस्तो त्यसैमा समर्पित मन्त्री नपाएको भए, सिंगो टिम त्यही हिसाबले अगाडि नबढेको भए त्यो सम्भव हुनसक्ने थिएन' नेता नेपालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।