काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले शीर्ष नेताले बैठक गर्ने तर निर्णय नगर्ने पररम्पराको विरोध गरेका छन्।
संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता सकिनेप्रति शीर्ष नेतृत्वलाई स्मरण गराउँदै उनले प्रश्न गरेका छन्। पार्टी विधानमै नभएको नयाँ अभ्यास गर्न लागिएको उनको आशंका छ।
पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
संवैधानिक सीमाभित्र महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि नबढे पार्टीले वैधानिकता गुमाउनेप्रति उनले चिन्ता व्यक्त गरे। पूर्व निर्धारित कार्यतालिकाको पालना नभएको जनाउँदै उनले भने,‘अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानोसमेत हुन सकेको छैन। यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।