काठमाडौं– नेपाली कांग्रेसबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीमा सुजाता कोइरालाको चर्चा चलेको छ।
कांग्रेस संस्थापनइतर समूहको केहीदिन अगाडि बसेको बैठकले आफ्नो समूहले पाउने मन्त्रालयमा उपप्रधानमन्त्रीको दाबी गरेको थियो।
सोही अनुसार कोइरालालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रको जिम्मेवारीमा पठाउने सम्भावना बढी रहेको बताइएको छ।
‘उहाँको (सुजाता कोइराला)को सम्भवना बढी छ। तर, गठबन्धनका अरु दलसँगको समझदारी अनुसार कुन जिम्मेवारी पाउने भन्ने टुंगो लाग्नेछ’, कोइरालानिकट एक नेताले भने।
कोइराला यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री भएकी थिइन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहँदा कांग्रेसको संस्थापना इतर पक्ष पनि सरकारमा पठाउने मन्त्रीको नाम टुंग्याउनतर्फ लागेको छ।
प्रधानमन्त्री देउवाले सकेसम्म आजै नभए भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। गठबन्धन आवद्ध दल र आफ्नो पार्टीको अर्को समूहबाट नाम सिफारिस भएर आए आजै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी रहेको उनीनिकट नेताले बताएका छन्।
कांग्रेसभित्र रामचन्द्र पौडले पक्षले चार मन्त्रालयको दाबी गरेपनि देउवाले उक्त पक्षलाई तीन मन्त्रालय मात्र दिने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।