काठमाडौं– माओवादीवाट एमाले प्रवेश गरेका कारण पार्टी कारबाहीमा परी लुम्बिनी प्रदेश सांसद पद गुमाएका दुई जनाले दर्ता गरेको रिटमा आज सुनुवाइ हुँदै छ।
रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीले पद थमौतीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
लुम्बिनी प्रदेशसभा सदस्य न्यौपाने र पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।