काठमाडाैं– विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले व्यवस्था परिवर्तनको नाममा पार्टी र देशले प्रतिगमन नस्वीकार्ने बताएका छन्। देशलाई परिवर्तनको नाममा २०–२५ वर्ष पछाडि धकेल्न नहुने उनको भनाइ छ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्तिगत धारणा भन्दै संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको धारणा सार्वजनिक गरेपछि अघिकांशले विवेकशीलको आधिकारिक धारणा माग गरेकाले पाण्डेले फेसबुकमार्फत पार्टी र देशले प्रतिगमन स्वीकार्न नसक्ने बताएका हुन्।
‘मलाई धेरै साथीहरूले अब पार्टी कसरी अगाडि बढ्छ भनेर सोध्दै हुनुहुन्छ। पार्टीमा अब यो पार्टीको स्थापनाकालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रगतिशील बनाउने स्पष्ट नीति तथा कार्यक्रमसहित दस्तावेज आउनेछ,’ संयोजक पाण्डेले भनेका छन्। पार्टी केन्द्रीय कमिटीको आगामी बैठकले महाधिवेशनको मिति तय गर्ने उनको भनाइ छ।
‘अब केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्छ। ढुक्क हुनुहोस्– पार्टी र देशले प्रतिगमन स्वीकार्ने छैन। फेरि देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन,’ उनले भनेका छन्, ‘समाजलाई विभाजित गर्ने छैन। व्यवस्था परिवर्तनका नाममा २०–२५ वर्ष पछाडि धकेल्ने छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।